ठूला नेता लोकप्रियताको गीत गाउन मस्त छन्, समस्या समाधानमा चिन्तित छैनन् : कमल थापा « Khabarhub

ठूला नेता लोकप्रियताको गीत गाउन मस्त छन्, समस्या समाधानमा चिन्तित छैनन् : कमल थापा


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्य संचालकहरु के भन्दा ताली आउँछ भनेर सस्तो कुराको पछि लाग्नेभन्दा मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

आज पार्टीको भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले भने, ‘मुलुकमा भ्रष्टाचार, आर्थिक संकट, विदेशी प्रभाव, बेरोजगारी, कुशासन, धर्म परिवर्तनसँगै राष्ट्रियता माथी पनि गम्भीर प्रश्न चिन्ह खडा भइरहेको छ, तर ठूला भनिने नेताहरु सस्तो लोकप्रियताको गीत गाउन मात्रै मस्त छन्, देशको समस्या समाधानमा चिन्तित छैनन्, जुन बिडम्बना हो ।’

अहिले राजनीतिक स्टन्टमा रमाउने बेला नभएको भन्दै थापाले मिहिन ढंगले मुलुकको जल्दोबल्दो समस्या समाधान गर्नुपर्ने बताए । अहिले वाद, सिद्धान्तको विवाद गर्ने बेला नभएको भन्दै उनले राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको रक्षा र आर्थिक समृद्धि महत्वपूर्ण विषय भएको टिप्पणी गरे । राप्रपा नेपाललाई फेरि उठाउने सन्दर्भमा उनले सबै जनवर्गीय संगठनले छ महिने योजना र कार्यक्रम ल्याउन निर्देशन समेत दिए ।

कार्यक्रममा महामन्त्रीत्रय भाष्कर भद्रा, सुशील श्रेष्ठ ,राजाराम बर्तौला र प्रवक्ता बसन्तमान सिंह अधिकारीले अब पार्टी जनता केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए । जनवर्गीय संगठनका प्रमुखहरुले संगठनको अवस्था र भावी कार्यक्रमबारे बैठकलाई जानकारी गराएका थिए ।

 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ६ : ३३ बजे

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना