द्रुत गतिमा उद्धार हुन नसकेको राष्ट्रपतिको स्वीकारोक्ति « Khabarhub

द्रुत गतिमा उद्धार हुन नसकेको राष्ट्रपतिको स्वीकारोक्ति


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी : टर्कीका राष्ट्रपति सिसेप तैएप एर्डोगानले भूकम्प प्रभावित क्षेत्रमा अपेक्षा गरिएअनुसार सरकारीस्तरमा खोज तथा उद्धार द्रुत गतिमा हुन नसकेको स्वीकार गरेका छन्। गत सोमबारको भूकम्पबाट देशका १० प्रान्तमा अकल्पनीय क्षति भएको छ ।

“धेरै भवनहरू क्षतिग्रस्त भएका छन्, दुर्भाग्यवश हामीले अपेक्षाकृत द्रुत गतिमा उद्धारका काम गर्न सकेनौँ,” भूकम्पबाट अति प्रभावित दक्षिणी शहर आदिमानको भ्रमणपछि उनले भने । आजै उनी यहाँको बस्तुस्थिति बुझ्न आएका हुन् ।

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : ४७ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,