वामपन्थी एकताबारे विप्लवले थाले छलफल « Khabarhub

वामपन्थी एकताबारे विप्लवले थाले छलफल


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विभिन्न वामपन्थी राजनीतिक पार्टीबीच एकताबारे छलफल भएको छ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी  नेकपा०, विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीका नेताबीच आज पार्टी एकताको विषयमा छलफल भएको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, “पार्टी एकता, संयुक्त, मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी फागुन १५ गते चार पार्टीको वैठक बस्ने निर्णय लिइएको छ ।”

सो वैठकले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन र देशको सङ्कटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीबीचमा पार्टी एकता एवम् क्रान्तिकारी ध्रुविकरणको निम्ति बहस, छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : ५७ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ