मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न काउन्सिलको आव्हान « Khabarhub

मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न काउन्सिलको आव्हान


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार नगर्न/नगराउन सञ्चारमाध्यमलाई आह्वान गरेको छ ।

काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराले जारी गरेकाे विज्ञप्तिमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्यजस्ता पदार्थले जनस्वास्थ्य प्रतिकूल गराउने भएकोले विज्ञापन सामग्रीको प्रचार रोक्न सञ्चारमाध्यमलाई सचेत गराइएको हो ।

सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार भइरहेको भन्दै काउन्सिलको ध्यानाकर्षण भएको जनाइएको छ ।

“जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा (१) मा ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायत मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको छ”, विज्ञप्तिमा भनिएको छ, “यसविपरीत विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार भइरहेको सन्दर्भमा प्रेस काउन्सिल यस किसिमका विज्ञापन सामग्री सम्प्रेषण नगर्नरनगराउन सम्पूर्ण सञ्चारमाध्यमलाई यसै विज्ञप्तिमार्फत् आह्वान गर्दछ ।”

काउन्सिलले पछिल्लो समय प्रकाशित सामग्रीलाई लिएर प्रेस स्वतन्त्रताको हनन हुने किसिमबाट गालीगलौज गर्ने, धम्की दिने कार्य हुने गरेकोप्रति काउन्सिलको ध्यानाकर्षणसमेत भएको जनाएको छ ।

त्यस्तै कतिपय स्वास्थ्य तथा आर्थिक क्षेत्रतर्फ केन्द्रित सञ्चारमाध्यमबाट पर्याप्त आधाररकारण र प्रमाणबिनै सम्बन्धित निकाय वा पक्षको भनाइलाई स्थान नदिई एकपक्षीय सामग्री सम्प्रेषण गर्ने गरेको भनी गुनासा आउन थालेकाले त्यस्तो प्रवृत्ति रोक्न समेत भनिएको छ । “यसतर्फ पनि पत्रकारिताको पेसागत आचारण कायम राख्न र गैरपेसागत क्रियाकलाप नगर्नरनगराउनतर्फ सम्बन्धित पक्षलाई सचेत गराउँदछौँ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ९ : ५४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्