प्राणघातक हुनसक्छ टाउको दुख्ने समस्या « Khabarhub

प्राणघातक हुनसक्छ टाउको दुख्ने समस्या

‘दैनिक योग गर्दा टाउको दुख्ने समस्या कम हुन्छ’


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय हरेक मान्छेहरूमा टाउको दुख्ने समस्या देखा परेको छ। टाउको दुखाई अत्यन्त पीडादायी, मन्द वा टन्किने किसिमको हुनसक्छ।टाउको दुखाई कहिले पछाडि, कहिले अगाडि, कहिले दायाँ बायाँ र धेरै थोरै गरेर दुख्ने गर्दछ। मानिस सामान्य टाउको दुखाइमा पनि पेनकिलरको प्रयोग पछिल्लो समय धेरै गर्ने गरेका छन्। त्यस्तो ओषधि सेवनले थप समस्या निम्त्याएको हुन्छ। जसलाई मेडिकल भाषामा मेडिकेसन ओभरयूज ह्याड्याक अर्थात् औषधिको अत्यधिक प्रयोगको टाउको दुखाइ भनिन्छ। टाउको दुखाइलाई सामान्य ठान्नु हुँदैन। यो प्राणघातक समेत हुने चिकित्सक बताउँछन्। कस्तो अवस्थाको टाउको दुखाइलाई सामान्य ठान्ने र कस्तो अवस्थाको टाउको दुखाइलाई चिकित्सकलाई देखाउन पर्ने हो त यसै विषयमा आधारित रहेर खबरहबका लागि वरिष्ठ न्युरो सर्जन डा चन्द्रमान प्रजापतिसँगको कुराकानीमा आधारित सामग्रीको सम्पादित अंश :

टाउको दुखाई कस्तो अवस्थामा प्राणघातक हुन्छ ?
टाउको दुख्ने कारण सर्जिकल र नन-सर्जिकल गरेर दुई प्रकारका हुन्छन्। आँखाको कारणले, पिनासले गर्दा र जोर्नीको दुखाइबाट पनि टाउको दुख्छ। यी नन-सर्जिकल हुन्। टाउकोबाट रगत बग्दा यो निकै प्राणघातक हुन्छ।

जस्तो : चोट पटक लाग्दा टाउकोमा रगत बग्छ। उच्च रक्तचाप भएको बिरामीलाई प्रेसर राम्रो कन्ट्रोल नहुँदा पनि अचानक टाउको भित्रको रगत नलीहरू फुटेर रगत बग्न सक्छ। टाउकोमा ट्युमर भयो भने पनि रगत बग्न सक्छ। यस्तै अरू पनि लक्षण प्यारालाइसिस, बोल्न नसक्ने, कहिलेकाहीँ अचेत भएर काम्ने हुन्छ। यी सबै पहिला टाउको दुखाइबाट नै हुन्छ। एन्युरिजमस् टाउकामा जाने नलीहरू चार वटा हुन्छन्। ती नलीहरू फुटेर टाउकोमा रगत बग्छ। यस्तो अवस्थामा सय जनामा १० देखि २० जनाको अस्पताल नै नपुगी बाटोमै प्राण जान्छ। कुनै कुनै समयमा ट्युमर गिदीमा भएपछि टाउकामा जाने रगत नलीहरू र स्नायुहरू तन्किन थाल्दा पनि टाउको धेरै दुख्छ।

सामान्य टाउको दुख्दा पनि मानिस धेरै पेनकिलरको प्रयोग गर्छन्। यसले कस्तो असर गर्छ ?
सामान्य टाउको दुख्दा मानिस मेडिकलमा गएर पेनिकलन वा अन्य औषधि किनेर प्रयोग गर्दछन्। यस्ता औषधि लामो समयसम्म सेवन गर्ने चलन पछिल्लो समय निकै बढेको छ। केही समयको लागि दुखाइ कम भए पनि दीर्घकालीन रूपमा धेरै डोज हुँदा यसले मिर्गौलालाई पूर्णरुपमा क्षति पुर्याउन सक्दछ। त्यस कारण डाक्टरको सल्लाह बिना कुनै औषधिको सेवन गर्नु हुँदैन। रोग चिनेर मात्र औषधि खानु पर्दछ।

टाउको दुखाइको समस्या हुँदा के के कुरामा ध्यान दिने ?

– अचानक एक्कासी टाउको दुख्यो भने बान्ता हुने, बेहोस हुने भयो भने तुरुन्त अस्पताल जानुपर्छ।

– खानपान र जीवनशैलीम ध्यान दिनुपर्छ।

– पर्याप्त मात्रामा निन्द्रा नपुग्दा टाउको दुख्ने समस्या देखा पर्दछ। त्यसैले स्वस्थ शरीरका लागि आवश्यक मात्रामा निदाउनुपर्छ।

– गेडागुडीको अनिवार्य खानु राम्रो हुन्छ।

– प्रशस्त मात्रामा पानी पिउने र तातो पानीको प्रयोग गर्नुपर्छ।

– दैनिक योगा गर्दा पनि टाउको दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ७ : २८ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र