प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनवाइ आज « Khabarhub

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनवाइ आज


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा सुनुवाइ आज हुने भएको छ ।

हिजो बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको सो रिटको पेसी आज तोकिएको छ। बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो। तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखे पछि आजका लागि सारिएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले तीन वर्षअघि माघी पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्वन्द्वकालमा १७ हजार मारेको आरोप आफूलाई लाग्ने गरेको भन्दै सामन्तीहरूले १२ हजार मारेको जिम्मा लिने भए पाँच हजारको जिम्मा आफू लिन तयार रहेको बताएका थिए।

सोही अभिव्यक्तिलाई लिएर अधिवक्ताद्वय ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीलगायत द्वन्द्वपीडितले सर्वोच्चमा दुई वटा रिट दायर गरेका हुन्। यस्ता रिट निवेदन पटक-पटक दरपिठ भए पनि दरपिठ भएको आदेशविरुद्ध नै मुद्दा परे पछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको अघिल्लो शुक्रबारको इजलासले प्रचण्डले दिएको अभिव्यक्तिविरुद्धको रिट दर्ताका लागि सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो।

सर्वोच्चमा रिट दर्ता भएपछि माओवादी घटक दल एकै मोर्चामा सामेल भएर सो मुद्दा अदालतले हेर्न नहुने भन्दै चेतावनीपूर्ण धम्की दिइरहेका छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : २३ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको