गँड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी | Khabarhub Khabarhub

गँड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी – कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गँड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएकी छन्।

गँड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने  थाहा पाएपछि उनले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बाणीबाट गँड्यौला ल्याएर मल उत्पादनमा लागेकी हुन्। “दुई वर्षअघि बैंकबाट रु पाँच लाख ऋण लिएर गँड्यौला मल उत्पादन र बाख्रा पालन सुरु गरेकी थिएँ”, उनले भनिन्, “अहिले गँड्यौला मलको माग धेरै बढेको छ, माग धान्नै सकस छ।”

जोशीले अहिले मल बिक्रीबाटै आत्मनिर्भर भएको बताइन्। मल उत्पादनका लागि उनले बाख्रापालनसमेत गरेकी छन्। रासायनिक मलको विकल्पका रूपमा गँड्यौला मलको प्रयोग गर्दा उत्पादन पर्याप्त हुने भएकाले पछिल्लो समय किसानले गँड्यौला मल प्रयोग गर्न थालेका छन्। “रासायनिक मलले भन्दा गँड्यौला मलले उत्पादन राम्रो हुन्छ।” उनले भनिन्, “केही समयअघिसम्म यसबारे ज्ञान नभएर प्रयोग गर्न डराउँथे।”

पछिल्लो समय केही किसानले धान, गहुँ, उखु र तरकारीखेतीमा गँड्यौला मल प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएको देखेपछि यसको माग बढेको जोशी बताउँछन्। “अहिले मलको माग धेरै छ, मागअनुसार उपलब्ध गराउन सकेकी छैन”, उनले भनिन्, “तरकारी र फूलमा प्रयोग गर्नका लागि यो मल बढी लैजाने गरेका छन्।” उनले मल र बाख्राबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी हुने गरेको बताइन्।

गोबर तथा खेतबारीबाट निस्कने कुहिने फोहरबाट मल उत्पादन गर्न सकिने जोशीले जनाइन्। “कुहिने फोहरबाट समेत गँड्यौला मल उत्पादन गर्न सकिन्छ”, उनले भनिन्, “बेला–बेलामा सिँचाइ गर्नुपर्छ, धेरै मेहनत लाग्दैन।” गँड्यौला मलले माटोको उर्वराशक्ति बढाउनुका साथै थोरै लागतमा धेरै उत्पादन गर्न सकिन्छ। यसका साथै मानवीय स्वास्थ्य र वातावरणीय सुधारका लागि पनि गँड्यौला मलको प्रयोग गर्नु उपयुक्त हुन्छ। गँड्यौला मल प्रतिकिलो रु ३५ का दरले बिक्री हुने गरेको जोशीले सुनाइन्।

उनले भनिन्, “गँड्यौला प्रतिकिलो रु तीन हजारका दरले बिक्री हुन्छ।” जोशीले गँड्यौला र मल दुवै बिक्री गर्दै आएकी छन्।  पछिल्लो समय यहाँका अन्य किसानले पनि गँड्यौला मलको उत्पादन गर्न थालेका छन्। “यसमा धेरै मेहनत लाग्दैन, एकपटक गँड्यौला ल्याएर राखे पुग्छ”, जोशीले भनिन्।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १० : ४० बजे

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत्

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको