माओवादी घटकको निष्कर्ष -‘सर्वोच्चले द्वन्द्वकालीन मुद्दा हेरे शान्ति प्रक्रिया भंग हुन्छ’ « Khabarhub

माओवादी घटकको निष्कर्ष -‘सर्वोच्चले द्वन्द्वकालीन मुद्दा हेरे शान्ति प्रक्रिया भंग हुन्छ’


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनु पर्नेमा जोड दिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट निरूपण गर्न खोजेमा शान्ति प्रक्रिया भंग हुन जाने निष्कर्ष निकालेको छ ।

क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलका अनुसार त्यसका लागि फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते बृहत् अन्तर्क्रिया कार्यक्रम गर्ने निष्कर्ष बैठकले गरेको छ ।

सर्वोच्चले द्वन्द्वकालीन मुद्दालाई नियमित प्रक्रियाबाट हेरे पछि माओवादीले अन्तर्क्रिया गर्न लागेको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १० : १० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय