डढेलो नियन्त्रणका लागि उच्च सतर्कता | Khabarhub Khabarhub

डढेलो नियन्त्रणका लागि उच्च सतर्कता


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन – गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन् ।

चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वन वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण, अग्नि नियन्त्रण सामग्रीसहित निकुञ्ज र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिनाका साथै समुदायस्तरमा सचेतना बढाउने काम सुरु गरिएको छ । उनका अनुसार निकुञ्ज क्षेत्रलाई ५०भन्दा बढी भागमा विभाजन गरी अग्निरेखा कोरिएको छ । अनियन्त्रितरूपले डढेलो लागेमा नेपाली सेनाको टोली र निकुञ्जका कर्मचारीलाई अग्नि नियन्त्रण सामग्रीसहित परिचालन गरिने सूचना अधिकारी तिवारीले जानकारी दिए ।

डढेलो लाग्न नदिन निकुञ्जले वन क्षेत्र नजिक बसोबास गर्ने समुदायलाई सचेतना अभिवृद्धि कार्यक्रम गरिरहेको र नौ सय ५२ दशमलव ६३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्ज क्षेत्रभित्र कतिपय स्थानमा निकुञ्जले व्यवस्थितरुपमा डढेलो लगाउने गरेको सूचना अधिकारी तिवारीले बताए । उनका अनुसार घाँसेमैदान र वासस्थान व्यवस्थापनका लागि निकुञ्जले व्यवस्थितरूपमा डढेलो लगाउने गरे पनि झाडी भयो भनेर आफ्नो सहजताका लागि लगाइने डढेलोले समस्या पार्ने गरेको छ । स्थानीयस्तरमा जनतालाई सचेत बनाउँदै अग्नि नियन्त्रणका लागि तयारी अवस्थामा रहनसमेत निकुञ्जले आह्वान गरेको छ ।

मध्यवर्ती सामुदायिक वन क्षेत्रमा समेत डढेलो नियन्त्रणका लागि स्थानीयवासीसँग समन्वय गरेर काम भइरहेको छ । डिभिजन वन कार्यालयले पनि डढेलो नियन्त्रणका लागि तयारी सुरु गरेको छ । डिभिजन वनअन्तर्गतका आठवटै सवडिभिजन मातहतमा स्थानीय उपभोक्ताको अगुवाइमा डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

उपभोक्ताको प्रत्यक्ष सम्लग्नतामा संरक्षणका कार्यक्रम ल्याइँदा बढी प्रभावकारी हुने उनले सुनाए । कार्यालयले डढेलो नियन्त्रणका लागि १० जना वन दस्तासमेत नियुक्त गरेको छ । हरित स्वयंसेवकका रूपमा नियुक्त वन दस्ताले वन तथा वन पैदावरको संरक्षण गरी डढेलो नियन्त्रणमै मुख्य भूमिका निर्वाह गर्ने सूचना अधिकारी खनालको भनाइ थियो । हालका लागि इच्छाकामनाको हरिपुर र भरतपुरको भोजाडमा वन दस्ताले काम गरिरहेको छ ।

वस्तुभाउ चरिचरणका निम्ति र वनभोज खान वन क्षेत्रमा जाने र सोही अवस्थामा मानिसले हेलचेक््रयाइँ गर्नाले बढी मात्रामा डढेलो र आगलागीका घटना हुने गरेका छन् । सालका रुख हुने वन क्षेत्रमा डढेलोको जोखिम बढी हुने गरेको उनले बताए । विगतमा बरण्डाभार वनमा सबैभन्दा बढी डढेलो लाग्ने गरेको थियो।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १२ : ०० बजे

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग

काठमाडौं–  सर्वोच्च अदालत बार एसोसिएसनले सामाजिक सञ्जालमाथि प्रतिबन्धसम्बन्धी निर्णय तत्काल

बन्धक रिहाइको प्रस्तावमा हमास तयार, वार्तामा इच्छुक

एजेन्सी– इजरायल र हमासबीच जारी द्वन्द्वको बीचमा बन्धक रिहाइ र

माओवादीले स्थगित गर्‍यो मध्यपहाडी ‘पुष्पलाल लोकमार्ग’ जनजागरण अभियान

काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल

जेन-जीको प्रदर्शनको ‘साइड इफेक्ट’: दुवै प्रहरीलाई फिल्ड चुस्ता पोशाकमा तयार रहन निर्देशन

काठमाडौँ- जेन-जी समूहले सोमबारदेखि थालेको प्रदर्शन उग्र र हिंसात्मक हुन

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बूढानीलकण्ठमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको