प्रधानमन्त्री प्रचण्ड र बेलायती राज्यमन्त्री ट्रेभेलियनबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री प्रचण्ड र बेलायती राज्यमन्त्री ट्रेभेलियनबीच भेटवार्ता


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त अधिराज्य बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन्ने मरी ट्रेभेलियनले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल भ्रमणका क्रममा यसअघि उनी बुधबार हुनमानढोका दरबार क्षेत्रमा नेपालस्थित बेलायती दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएकी थिइन् ।

उनले बिहीबार अरुण जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेकी थिइन् । उक्त परियोजनामा बेलायतले लगानी बोर्डमार्फत आर्थिक लगानी गरेको छ । बुधबार नेपाल भ्रमणमा आएकी राज्यमन्त्री ट्रेभेलियन आज स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १२ : ४९ बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको