९ दलीय गठबन्धन कार्यदलको बैठक बस्दै « Khabarhub

९ दलीय गठबन्धन कार्यदलको बैठक बस्दै


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस-नेकपा माओवादी केन्द्र नेतृत्वको ९ दलीय गठबन्धन कार्यदलको बैठक बस्दै छ । शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने बैठकमा उपराष्ट्रपतिको निर्वाचनबारे छलफल हुने बताइएको छ । 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा सबै दलका दोस्रो तहका नेताहरू सदस्य रहेका छन् । संयोजक खड्काले उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न कार्यदलको बैठक बोलाएका छन् । 

गठबन्धनबाट राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय भइसकेको छैन । चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आयोगले शनिबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  २ : १३ बजे

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ