प्रचण्डविरुद्धकाे मुद्दामा सर्वोच्चको अग्राधिकार, १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश « Khabarhub

प्रचण्डविरुद्धकाे मुद्दामा सर्वोच्चको अग्राधिकार, १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्धको मुद्दालाई अग्राधिकार दिएको छ। प्रचण्डविरुद्धकाे मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रचण्डका नाममा कारण देखाउ आदेश जारी गरेको हो। 

सर्वोच्च अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले खबरहबलाई बताए। हाल प्रधानमन्त्री रहेका माओवादी अध्यक्ष प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा दिएको सार्वजनिक अभिव्यक्तिमा द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा लिने भनेको विषयलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायत २९ जनाका तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो। 

निवेदकले प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग गरेका थिए। सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धकाे मुद्दा गर्दा नगरी दरपिठ गरिदिएपछि पुन निवेदकले इजलासमा दर्ताको माग गरेपछि रिटको सुनुवाई गर्दै न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुँयालको संयुक्त इजलासले अदालत प्रशासनलाई रिट दर्ता गर्न आदेश दिएको थियो।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ४ : ५५ बजे

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु