प्रचण्डविरुद्धकाे मुद्दामा सर्वोच्चको अग्राधिकार, १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश « Khabarhub

प्रचण्डविरुद्धकाे मुद्दामा सर्वोच्चको अग्राधिकार, १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्धको मुद्दालाई अग्राधिकार दिएको छ। प्रचण्डविरुद्धकाे मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रचण्डका नाममा कारण देखाउ आदेश जारी गरेको हो। 

सर्वोच्च अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले खबरहबलाई बताए। हाल प्रधानमन्त्री रहेका माओवादी अध्यक्ष प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा दिएको सार्वजनिक अभिव्यक्तिमा द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा लिने भनेको विषयलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायत २९ जनाका तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो। 

निवेदकले प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग गरेका थिए। सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धकाे मुद्दा गर्दा नगरी दरपिठ गरिदिएपछि पुन निवेदकले इजलासमा दर्ताको माग गरेपछि रिटको सुनुवाई गर्दै न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुँयालको संयुक्त इजलासले अदालत प्रशासनलाई रिट दर्ता गर्न आदेश दिएको थियो।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ४ : ५५ बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको