राजनीतिमा फउल खेल्नेहरुले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाए : ओली « Khabarhub

राजनीतिमा फउल खेल्नेहरुले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाए : ओली


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा फउल खेल्नेहरूले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको बताएका छन् ।

पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रिय कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजनीतिमा फउल खेल्नेहरुले झण्डै दुई तिहाइमा पुगेको कम्युनिष्ट आन्दोलन र पार्टीलाई कमजोर बनाएको बताएका हुन् । ओलीले विधि र प्रक्रिया भन्दै पार्टी फुटाएर प्रतिक्रियावादीलाई बुझाउने दुष्चेष्टा समेत भएको जिकिर गरे  । 

राजनीतिक फउल खेलेपनि वास्तविक सफलता प्राप्त भने गर्न नसकेको उनको भनाइ छ । उनले कुनै पनि क्षेत्रको श्रेष्ठता हासिल बेइमानीले नभई इमानदार अभ्यासबाट हुने धारणा राखे । अध्यक्ष ओलीले खेल र चलखेलमा धेरै फरक रहेको भन्दै एमाले चलखेलमा नभइ खेलमा सहभागी हुने बताए ।

उनले नेपालको खेल क्षेत्रलाई अन्तराष्ट्रिय जगतमा चम्काउनका लागि महासंघले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ६ : ११ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु