‘प्रेमा’ को ट्रेलर सार्वजनिक « Khabarhub

‘प्रेमा’ को ट्रेलर सार्वजनिक


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी १७ चैत १७ मा  रिलिज हुने फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलरमा फिल्मका प्रमुख तीन पात्र शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ ।

फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा बनेको हो । ट्रेलरको सुरुवातमा काठमाडौंमा शिवजीको मूर्ति देखाइएको छ । दृश्यले काल्पनिक काठमाडौंको कथालाई चित्रण गर्न खोजेको जस्तो देखिन्छ । ट्रेलरमा कारभित्र रहेका अरुण र सृष्टिको दृश्य देखाइएको छ । घाइते अवस्थामा रहेका अरुणले शुभेक्षाको तस्बिर हेरेपछि ट्रेलरमा कथाको पृष्ठभूमि प्रस्तुत गरिएको छ ।

ट्रेलरमा प्रमुख तीन पात्रबीचको प्रेम र द्वन्द्वलाई प्रष्ट रुपमा देखाइएको छ । ट्रेलरले प्रेममा हुने विश्वास र धोकालाई पनि प्रस्तुत गरेको छ । ट्रेलर हेर्दा दर्शकमा केही कौतुहलता पैदा गर्छ । काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियाको अभिनय छ ।

फिल्म ‘प्रेमा’ विवेक घिमिरे र गोविन्द सिंह भण्डारीले निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सविन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेलको डीओपी छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ६ : ३१ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२