खोटाङमा एक हजार १८० जनाको निःशुल्क मिर्गौला परीक्षण | Khabarhub Khabarhub

खोटाङमा एक हजार १८० जनाको निःशुल्क मिर्गौला परीक्षण


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको निःशुल्क मिर्गौला परीक्षण शिविरमा ९६ जनालाई मिर्गौला रोगको प्रथम चरणको लक्षण देखा पर्न थालेको पाइएको छ । विश्व मिर्गौला दिवसको अवसर पारेर फागुन २४ र २५ गते दिक्तेलमा आयोजना गरिएको निःशुल्क मिर्गौला परीक्षण शिविरमा एक हजार १८० जनाको स्क्रिनिङ गर्दा ९६ जनामा मिर्गौला रोगको प्रथम चरणको लक्षण देखा पर्न थालेको पत्ता लागेको हो ।

६६१ महिला र ५१९ पुरुष सेवाग्राहीमध्ये मिर्गौलाको थप परिक्षण गर्न समन्वय गरेर गरेर जिल्ला अस्पताल पठाइएको नगरका स्वास्थ्य संयोजक खेमराज आचार्यले बताए । शिविरमा डिपिस्टिक विधिबाट मिर्गौलाको अवस्थाको अवस्थाको बारेमा परिक्षण गरिएको थियो । 

जाँचका क्रममा ४२ जनाको पिसाबमा चिनीको मात्रा देखा परेको र २०२ जनाको उच्च रक्तचाप रहेको पाइएको थियो । शिविरमा ६० वर्षमाथिका १४४ जनाले सेवा लिएका छन् । मिर्गौला रोगको प्रथम चरणको लक्षण देखा पर्न थालेका बिरामी, उच्च रक्तचाप र मधुमेहको समस्या देखा पर्न लागेका बिरामीलाई विशेषज्ञ डाक्टरले आवश्यक परामर्श प्रदान गर्नुका साथै थप जाँच र परीक्षणको लागि अस्पताल जान सल्लाह दिएका छन् । नगरवासीको मिर्गौलाको अवस्था बारे जानकारी लिने र मिर्गौला रोगबाट सुरक्षित राख्ने लक्ष्यका साथ नगरपालिकाले राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक सहयोगमा निःशुल्क मिर्गौला परीक्षण शिविर तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । 

सरस्वती माविको प्रांगणमा आयोजना गरिएको शिविरमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। ऋषिकुमार काफ्लेको नेतृत्वमा आएको टोलीले मिर्गौलाको स्क्रिनिङ, पिसावसुगर जाँच गरेर मिर्गौलाको अवस्थाको बारेमा परीक्षण गरेका थिए । मिर्गौला बिग्रिएर उपचार गराउनुपर्ने अवस्था आए लाखौं खर्च गरी उपचार गराउनुपर्ने वाध्यात्मक अवस्थासम्म पुग्न नदिन शिविरको आयोजना गरिएको मेयर तीर्थराज भट्टराईले बताए । 

डा। काफ्लेले मिर्गौलाको चेकजाँचसँगै जिल्लाका ७९ वडाका स्वास्थ्यचौकी प्रमुखलाई मिर्गौला रोगबाट जोगिने र रोग लागिहालेमा परिक्षण गर्ने विधिका विषयमा प्रशिक्षण दिएका छन् । प्रशिक्षणपछि जिल्लाका स्वास्थ्यकर्मी आ–आफ्नो वडामा मिर्गौला जाँच गर्न सक्षम बनेको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताए । १५ वडा रहेको नगरपालिकाले नगरभित्रका १० हजार ७११ घरधुरीका घर-घरमा पुगेर ४३ हजार २९५ नागरिकको मिर्गौलाको परिक्षण गर्ने लक्ष्य राखेको छ । 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : ०१ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला