नेपालको ऊर्जा क्षेत्रको वर्तमान अवस्थाबारे सरोकारवालाको चिन्ता | Khabarhub Khabarhub

नेपालको ऊर्जा क्षेत्रको वर्तमान अवस्थाबारे सरोकारवालाको चिन्ता


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको ऊर्जा क्षेत्रमा देखिएका चुनौती र अवसरका बारेमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेको छन् । खबरहबले काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना गरेको कार्यक्रममा बोल्दै जलविद्युत प्रबन्धक, ऊर्जा विकास अध्यक्ष, जलविद्युत उद्यमी, पत्रकारलगायतले नेपालको ऊर्जा क्षेत्रका चुनौती र अवसरबारे धारणा राखेका छन् ।

ऊर्जा क्षेत्रमा चुनौती र अवसर-अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै जलविद्युत प्रबन्धक सूर्य प्रसाद अधिकारीले सबैभन्दा बढी रकम पूर्वाधार निर्माणमा खर्च भएको बताएका छन् । उनले उत्पादकत्व बढाउने मात्र भनिएको तर नीति नियम र नियमावलीका आधारमा बोल्ने कोही नभएको बताए । उनले सरकारको योजना अनुसार ऊर्जा क्षेत्र अगाडि लैजाने हो भने सरकारको वितरण प्रणाली सुधार गर्नुपर्ने र यसबाट विदेशिएका युवालाई पनि नेपालमा रोजगारी सहजै दिन सकिने बताए । ऊर्जा क्षेत्रमा ऊर्जा क्षेत्रमा पुँजीको अभाव भएको र अभिवृद्धि गर्नु पर्नेमा उनको जोड थियो ।


सूर्य प्रसाद अधिकारी

त्यसैगरी अर्का ऊर्जा विकास परिषद्का अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले ऊर्जाको विषयमा मुख्य आयातीत बस्तु डिजेल, पेट्रोल र ग्यासलाई फोकस गरेर हेर्दा नेपाल पाकिस्तान को स्थानमा पुग्ने बताए । यसलाई रोकेमा मात्रै ऊर्जाको क्षेत्र विकास हुने बताए । साथै नेपालको पानीको फाइदा लिनु पर्ने र सरकारको नीति दिगो हुनु पर्नेमा जोड दिएका छन् ।


ज्ञानेन्द्रलाल प्रधान

त्यसैगरी डाक्टर गोविन्द पोखरेलले नेपालको नेतृत्वले दीर्घकालीन योजना बनाउनुपर्ने बताएका छन् । नेपालमा २ महिनामा छलफल गरेर ५० वर्षको भिजन बनाउने पद्धति भएको टिप्पणी गरे । उनले ऊर्जा क्षेत्रमा सक्षम नेतृत्वको समस्या, ब्युरोक्रेसिमा समस्या, प्रशासनिक झन्झट, नीतिगत समस्या र राजनीतिक दबाबका कारण दीर्घकालीन योजना नभएको बताए ।


गोविन्द पोखरेल

कार्यक्रममा पूर्व विद्युत् प्राधिकरण(२२ बुँदे कार्यकारी निर्देशक डा।मुकेश काफ्लेले हाइड्रोपावरमा दीर्घकालीन योजना र भिजनमा पूर्वाधार को समस्या भएको उल्लेख गरेका छन् । उनले २०७२ सालमा ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरण भएर नेपालमा ऊर्जाको समस्या अन्त्य गर्छौँ भनेर लाग्दा सफल भएको बताए । उनले सबै सिस्टमले गम्भिर भएर हाइड्रोपावरमा ध्यान दिनु पर्नेमा जोड दिएका छन् ।


मुकेश काफ्ले

त्यस्तै, जलविद्युत उद्यमी गुरुप्रसाद न्यौपानेले जलविद्युत उत्पादनका लागि श्रोत र साधनको अभाव नहुने र सरकारले ध्यान दिनुपर्ने बताएका छन् । साथै सरकारले ट्रान्समिसन लाइन खुल्ला गर्नुपर्नेमा जोड दिएका छन् । उनले बिजुली उत्पादन भएपछि खपत हुने, खपत भएन भने बेच्नु पर्ने हुँदा सरकारले उपयुक्त नीति ल्याउनु पर्ने उल्लेख गरे । उनले ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई समेट्न पनि आग्रह गरे ।


गुरुप्रसाद न्यौपाने

यसैबीच नेपाल जलविद्युत उद्यमी कुवेर मणि नेपालले आजको दिनमा तरलताको अभावलाई हटाउन ग्रीन इनर्जी सदुपयोग गर्नु पर्ने बताएका छन् । यस विषयमा प्राधिकरणले सुझाव दिँदा पनि सरकारले वास्ता नगरेको टिप्पणी गरे । उनले ऊर्जा मन्त्रालयले सम्बन्धित निकायलाई बोलाएर यस क्षेत्रका चुनौती र सुधारका विषयमा छलफल गर्नु पर्नेमा जोड दिएका छन् ।


कुवेर मणि नेपाल
कार्यक्रममा च्याटर अकाउन्ट घनश्याम पौडेलले ऊर्जा क्षेत्रमा उत्पादन लागत सस्तो हुनुपर्ने बताए । उनले भने ‘ऊर्जामा क्षमता छ भन्नु भन्दा पनि कार्यान्वयन गरेर देखाउनु पर्‍यो’ ।

घनश्याम पौडेल

यसैगरी कार्यक्रममा जलविद्युत उद्यमी मिथुन पौडेलले इन्डियाका ठूला आयोजनाहरू एकअर्कासँग मिल्ने गरेको बताएका छन् । तर नेपालमा ठूला आयोजनाहरू एक अर्कोसँग नमिलेको उनको भनाई छ । नेपालको ऊर्जालाई विश्वव्यापिकरणको लागि नेपाल सरकारले आँउदो दिनमा नदीको सही सदुपयोग गर्नुपर्ने उनले बताए ।

मिथुन पौडेल

त्यस्तै, पत्रकार भीम गौतमले विद्युत् विकासको डाटामा धेरै अवसर देखिएता पनि अनुसारले लगानी गर्ने पुँजीको अभाव भएको बताए । उनले प्रतिस्पर्धाको बजारमा जानुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय व्यापारको दिशानिर्देशमा पनि सुधार गरी अन्तर मन्त्रालय समन्वय अभाव हटाउन सांसद देखि सबै लाग्नुपर्ने बताए ।


भीम गौतम

कार्यक्रममा जलविद्युत प्रबन्धक प्रकाश दुलालले बिद्युत् ऐन नभएको बताएका छन् । उनले लगानी हुने। लाइसेन्स शुल्क तिरी रहने तर पीपीए नभएको कारणले उद्योगीहरूले आत्महत्या गर्नुपर्ने अवस्था आएको बताए । उनले राजनीतिक परिवर्तन पछि आएको नीतिले हाइड्रोपावरलाई सस्तो गुणस्तर र निर्यातपूर्ण हुनुपर्छ भनेता पनि कार्यान्वयन नभएको बताए । त्यस्तै उनले अवसरका रूपमा बिद्युत् बिक्री हुन्छ भन्ने चेतना अभिवृद्धि भएको बताए ।


प्रकाश दुलाल

कार्यक्रममा अर्थविद् शौरभराज पन्तले ऊर्जालाई राजनीतिक पक्षले समेट्न सक्छ भन्ने विदेशी कुरामा नेपालले पनि हाइड्रोपावरले बिजुली बेचेर उद्योग पर्ने बताएका छन् । त्यसैगरी नेपालले डलर कमाउने भनेको रेमिट्यान्स र ऊर्जा रहेको उनको भनाइ छ ।


शौरभराज पन्त

कार्यक्रममा अधिवक्ता सेमन्त दाहालले २०७४ सालमा आएको नीतिमा विद्युत् व्यापार र त्यसमा हुन सक्ने अवरोधहरू हट्दै जाने कुरा राखिएको बताए । उनले बिद्युत् व्यापारको कुरामा सेवा र नाफाको रूपमा हेर्नु पर्नेमा जोड दिए । उनले बिद्युत् व्यापारमा स्वतन्त्र र ट्रान्जिट सुविधा हुनपर्ने बताए ।


सेमन्त दाहाल

त्यसैगरी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका मधुप्रसाद भेटवालले निजी क्षेत्रले सबै क्षेत्रका उद्योगी राखेर वातावरणीय पक्ष, श्रोत र साधन सबै हेरेर छलफल गरेर राष्ट्रिय सभाबाट पास हुने गरी विद्युत् व्यापारमा अहिले भएका अनुमति पत्रलाई लगानी कर्ताले ध्यानमा राखेर अगाडि बढ्ने बताए । साथै उनले आन्तरिक रूपमा नै छलफल गरी सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।


मधुप्रसाद भेटवाल
कार्यक्रममा विश्लेषक शौरभराज पन्त, जलविद्युत प्रबन्धक प्रकाश दुलाल, पत्रकार भीम गौतम, जलविद्युत उद्यमी गुरुप्रसाद न्यौपाने, खबरहबका अध्यक्ष नरेश श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : ३८ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको