सभामुख घिमिरे नेतृत्वको टोली बहराइन प्रस्थान « Khabarhub

सभामुख घिमिरे नेतृत्वको टोली बहराइन प्रस्थान


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघको १४६औं महासभामा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बहराइन प्रस्थान गरेका छन् ।

आज साँझ ७ बजे फ्लाइ दुबईको एफजेड ५७६ उडानबाट दुबई हुँदै टोली मानमा प्रस्थान गर्ने छ । प्रतिनिधिमण्डलमा सांसदहरु रमेश लेखक, हितराज पाण्डे र सन्तोष परियार, राष्ट्रिय सभाका सदस्इ ईन्दु कडरिया, संघीय संसदका महासचिव डा। भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सभामुखका स्वकीय सचिव तेजप्रकाश र संघीय सचिवालयका शाखा अधिकृत राजन घिमिरे सहभागी छन् ।

सभामुख घिमिरेले ‘प्रोमोटिङ पिशफुल कोएक्जिस्टेन्स एण्ड इन्क्लुसिभ सोसाइटीजः फाइटिङ इन्टोलेरेन्स’ विषयको जेनरल डिबेटमा संसदको तर्फबाट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको संद्धीय संसदका प्रवक्ता सहसचिव एकराम गिरीले विप्तिमार्फत जानकारी दिएका छन् ।

टोलीले फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिनेछ । सभामुखमा निर्वाचित भएपछि उनको पहिलो विदेश भ्रमण हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ९ : २० बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक