उच्च रक्तस्राव भएकी सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

उच्च रक्तस्राव भएकी सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

सिमकोट : दुई हप्ता अगाडि सुुत्केरी हुने समय नपुुगी गर्भ तुहिएर उच्च रक्तस्रावभएकी महिलाको आज हेलिकप्टरमार्फत उद्वार गरिएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका–५ को गोठी गाउँकी ३३ वर्षकी कलसी छत्याल शाहीको हेलिकप्टरबाट उद्धार गरिएको हो । गर्भ तुहिएर उच्च रक्तस्रावले पीडित उहाँको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताए ।

दुुई हप्तादेखि लगातार अत्यधिक रक्तस्राव भएपछि उहाँको अवस्था गम्भीर भएको थियो । जिल्ला अस्पताल र स्थानीय प्रशासनको समन्वयमा छत्यालको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको अनमी बोहराले बताए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरमा उद्धार गरी सुुर्खेत पु¥याए लगत्तै उनको प्रदेश अस्पतालमा उपचार सुरु भएको छ । गर्भवती छत्यालको सुत्केरी हुने समय नपुुग्दै गर्भ तुहिएको हो ।

उनलाई बिहीबार गोठीगाउँबाट उद्धार गरिएको हो । उनको उद्धारका लागि सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले समन्वय गरेका थिए । सुत्केरी छत्यालसहित राष्ट्रपति महिला उत्थान कार्यक्रमले चालु आवको साउन महिनायता यो छैटौँ उद्धार गरेको छ । यसमा एक बेथा लागेकी गर्भवतीको खराब मौसमका कारण हेलिकप्टरले उडान भर्न नसक्दा निधन भएको थियो । जनशक्ति र उपकरणको व्यवस्था नहुँदा दक्षिणी क्षेत्रका सर्केगाड, चङ्खेली, अदानचुली र ताजाकोट गाउँपालिकाका बेथा लागेकी गर्भवतीका लागि यो कार्यक्रम वरदान सावित हुँदै आएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १० : ३१ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक