जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने « Khabarhub

जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ – दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । फाइनल खेल विराटनगरस्थित सहिद रङ्गशालामा राति हुनेछ ।

आइतबार राति भएको खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ४–० गोलअन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । पुलिसका लागि सरम बोहरा, महेश धामी, सागर आचार्य र भरत खत्रीले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धामी घोषित भए ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, पुलिस क्लब, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी छन् । प्रतियोगिताको विजेताले रु ७५ हजार, उपविजेताले रु ४१ हजार तथा तेस्रो हुने टोलीले रु २५ हजार र ट्रफि प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : १५ बजे

ध्वंसमा नभई शान्तिबाट मात्रै देशको विकास हुन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्तिको बाटोबाट देशलाई विकासतर्फ अघि

विकासको सपनालाई साकार पार्ने तयारी र कार्यान्वयन आवश्यक : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकासका

आजका समाचार : निर्वाचन एकै चरणमा, कांग्रेसले चुनावअगाडि कसैसँग तालमेल नगर्ने, इरान-अमेरिका वार्ता भोलि र अभ्यास खेलमा नेपाल विजयी

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकेन्द्रित वार्ताप्रधानमन्त्री सुशीला कार्की

अमेरिकासँग वार्तामा सहभागी हुन इरानलाई आग्रह

दोहा– जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानलाई अमेरिकासँग हुने योजनाबद्ध वार्तामा

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर– प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तिपूर्ण