एमाले निकट महिला संगठनको अध्यक्षमा हमाल | Khabarhub Khabarhub

एमाले निकट महिला संगठनको अध्यक्षमा हमाल


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टुका हमालको नेतृत्वमा नेकपा एमालेनिकट महिला भ्रातृ संगठन अखिल नेपाल महिला संघको नयाँ कार्यसमिति चयन भएका छ ।

गत चैत २५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सो सम्मेलनवाट उपाध्यक्षमा  शर्मिला कार्की, मेनुका काफ्ले, सुमित्रा विसी, मेनका पोखरेल, रूकमणी राना र विमला राई पौडेल चयन भएका छन् । विमला राई निवर्तमान परराष्ट्र मन्त्रीसमेत हुन् ।

महासचिवमा भने पेम्बा लामा र उपमहासचिवमा शान्ति अधिकारी नयाँ कार्यसमितिमा आएका छन् ।

यसैगरी ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरी सचिवहरूमा विणा राई, नरदेवी पुन, बीना ज्ञवाली, मीना रखाल, बीना साह, आशा बिक र शारदा कुमाल कार्यसमितिको नयाँ नेतृत्वमा आएका छन् भने कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन भएको सुजिता शाक्यले जानकारी दिएकी छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : ५४ बजे

सप्तपाताल पोखरीको पुनर्निर्माण गरिँदै (तस्बिरहरू)

ललितपुर– ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण भइरहेको छ ।

टी-२० सिरिज : बिहीबार नेपालले नेदरल्यान्ड्ससँग दोस्रो प्रतिस्पर्धा गर्दै

काठमाडौं – नेपालले बिहीबार त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा

कैलाली कारागारमा रहेका एक कैदीको मृत्यु, परिवारले गरे हत्याको शंका 

धनगढी– कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ

तेहरान छाड्न आफ्ना नागरिकलाई भारतको अनुरोध

काठमाडौं – भारतले इरानको राजधानी तेहरानमा भएका आफ्नो नागरिकलाई त्यो

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं– काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु