राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालको अध्यक्षमा भट्टराई « Khabarhub

राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालको अध्यक्षमा भट्टराई


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालको अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन् ।

एशोसिएनको प्रथम साधारण सभा तथा राष्ट्रिय महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउतलाई चयन गरेको सभाले उपाध्यक्षमा  बालगोपाल श्रेष्ठ र सरिता भण्डारीलाई चुनेको छ।

प्रदेश उपाध्यक्षहरूमा डा.सञ्जीव कुमार यादव (कोसी), संजय कुमार प्रसाद (मधेस), दिलबहादुर श्रेष्ठ (बाग्मती), डा.प्रफुल्ल चन्द्र यादव (गण्डकी), शालीक राम भुसाल(लुम्बिनी) ,डा. शंकर प्रसाद रिजाल (कर्णाली) र लोकराज भट्ट (सुदूरपश्चिम) चुनिएका छन् ।

महासचिवमा हृदय नारायण चौधरी, सचिवमा नारायण खतिवडा र जयन्ती सिवाकोटी, कोषाध्यक्षमा सपना खत्री र सह–कोषाध्यक्षमा राम बाबु यादव चयन भएका छन् ।

सदस्यहरूमा किरण न्यौपाने, डा. विवेक गुप्ता, डा. राम पुकार यादव, सदस्य (खस आर्य)मा गीता देवी दाहाल, सदस्य (मधेसी) मा ईन्द्रजित कुमार यादव, सदस्य (महिला) मा आरती कुमारी चौधरी, सदस्य (दलित) मा धर्विन्द्र बहादुर सार्की, सदस्य (जनजाती) मा ओमराज लिम्बू रहेका छन् ।

क्रान्ति भट्टराई संयोजक तथा डा. शंकर गौतम, नरबहादुर ठकुरी, डा. चन्द्रनारायण झा र महेन्द्रराज बज्राचार्य सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो।

एशोसिएसनमा देशभरकै आयुर्वेदिक चिकित्सक, स्वास्थ्यकर्मी, उत्पादक कम्पनी तथा आयुर्वेदिक औषधी व्यवसायीहरू समेटिएका छन् । हाल एक हजार सदस्य रहेका छन्।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रोग निको पार्ने भन्दा पनि रोग नै नलागोस् भन्ने पद्धति आयुर्वेद भएको बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ११ : ४९ बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको