वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा « Khabarhub

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा


२६ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक लगानीका लागि स्वीकृत तथा प्रतिबद्धता प्राप्त भएका कुल एक हजार ११६ परियोजनामध्ये ७२७ वटा सूचना प्रविधिसँग सम्बन्धित छन्। यो कुल परियोजनाको करिब ६५ प्रतिशत हो।

सो अवधिमा उत्पादनमूलक क्षेत्रमा ६३, ऊर्जामा चार, कृषिमा १८, पर्यटनमा २२७, सेवामूलक क्षेत्रमा ७१ र पूर्वाधारतर्फ दुई परियोजनामा वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ।

विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विभिन्न परियोजनाका लागि लगानीकर्ताले करिब ५८ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता जनाएका छन्।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा विभिन्न ८४२ परियोजनाका लागि करिब ६४ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा परियोजनाको सङ्ख्या बढे पनि प्रतिबद्ध लगानी रकम भने केही घटेको देखिन्छ।

विभागका सूचना अधिकारी सुरेश दाहालका अनुसार वैदेशिक लगानीकर्ताले आफूलाई बढी आकर्षक र सम्भावनायुक्त लागेका क्षेत्रलाई प्राथमिकता दिने गरेका छन्। सूचना प्रविधिको क्षेत्रमा तुलनात्मक रूपमा कम पुँजीमा परियोजना सञ्चालन गर्न सकिने भएकाले परियोजनाको सङ्ख्या धेरै देखिएको उनले बताए।

उनका अनुसार कतिपय परियोजनामा ठूलो परिमाणको लगानी प्रतिबद्धता आउने भएकाले समग्र वैदेशिक लगानीको रकममा त्यसको प्रभाव पर्ने गरेको छ।

सूचना प्रविधिको क्षेत्रमा बढ्दो वैदेशिक लगानीले नेपालमा डिजिटल सेवा, सफ्टवेयर विकास, प्रविधि निर्यात तथा रोजगारीका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  ६ : ४० बजे

आज २०८३ साल कात्तिक १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल कात्तिक १८ गते बुधबार सन्

निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

काठमाडौं – सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई)

वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बर्लिनमा

बर्लिन – रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तरराष्ट्रिय समर्थन

सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई

सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

सङ्खुवासभा – सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब