बालेनलाई गृहमन्त्रीको जवाफ- ‘कामको औचित्य पुष्टि हुने गरी आउनू’ « Khabarhub

बालेनलाई गृहमन्त्रीको जवाफ- ‘कामको औचित्य पुष्टि हुने गरी आउनू’


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्न लागेको कामको औचित्य पुष्टि हुने गरी आए स्थानीय तथा प्रादेशिक सरकारलाई संघीय सरकारले सहयोग गर्ने बताएका छन् ।

काठमाडौं महानगरलाई संघीय सरकारले सहयोग नगरेकाले सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुपरेको महानगर प्रमुख बालेन्द्र (बालेन) शाहले बताएपछि जवाफ स्वरुप उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले आफूले गर्न लागेको कामको औचित्य पुष्टि हुने गरी आए प्रादेशिक र स्थानीय सरकारलाई सहयोग गर्न सकिने बताएका हुन् ।

तर, स्थानीय वा प्रदेश सरकारले बल प्रयोग गर्न अनुरोध मात्र गर्ने जानकारी दिएर नहुने उनको भनाइ छ । सोमबार बिहान चितवन पुगेका उपप्रधानमन्त्री श्रेष्ठले औचित्य पुष्टि हुने गरी तथ्यगत रूपमा आए स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्न सकिने बताएका हुन् ।

संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न संघीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  १२ : ०१ बजे

स्पेनिस ला लिगा : एल्चेले कडा चुनौची दिँदा रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल

निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल

दोलखा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

बागलुङमा थपिए पाँच हजार ३९३ मतदाता

बागलुङ– आगामी २१ फागुनको निर्वाचनका लागि बागलुङमा पाँच हजार ३९३

सडक दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं – काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक

एनपीएलमा आज दुई प्रतिस्पर्धा : विराटनगर भर्सेस जनकपुर, कर्णाली र सुदूरपश्चिम भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार