सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड र एपीएफको बराबरी « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड र एपीएफको बराबरी


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेड र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । 

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज र एपीएफले गोल रहित बराबरी खेलेका छन् । यस बराबरीसँगै  चर्च ब्वाइजले ७ खेलमा १३ अंक जोडेको छ । एपीएफले ७ खेलमा ११ अंक जोडेको छ । त्यस्तै सोमबार नै भएको खेलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै पुलिसले पहिलो जित निकालेको छ ।

 सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै पुलिसले पहिलो जित निकालेको हो । पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गरे । विदेशी खेलाडी मोसेसले एक गोल थपे । फ्रेन्ड्सका टोरिक जेब्रिनले एक गोल फर्काए । 

जितसँगै पुलिसले ७ खेलमा ४ अंक जोडेको  छ । फ्रेन्ड्सले पनि ७ खेलमा ४ अंक जोडेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ४ : ४७ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको