ज्यापू महागुठी र बाजा संरक्षणलाई कामपाद्वारा एक करोड ७२ लाख अनुदान  « Khabarhub

ज्यापू महागुठी र बाजा संरक्षणलाई कामपाद्वारा एक करोड ७२ लाख अनुदान 


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ज्यापू महागुठी र गुँला बाजा संरक्षण तथा व्यवस्थापन सङ्घअन्तर्गतका ८६ समूहलाई एक करोड ७२ लाख अनुदान रकम उपलब्ध गराएको छ ।  

आज यहाँ भएको कार्यक्रममा कामपा प्रमुख बालेन्द्र साहले ६३ ज्यापू महागुठिअन्तर्गत परम्परागत टोल र गुँला बाजा संरक्षण तथा व्यवस्थापन सङ्घअन्तर्गतका २३ समूह प्रत्येकलाई दुई लाखका दरले अनुदान रकमको चेक हस्तान्तरण गरेका हुन्। प्रमुख साहले नदी सभ्यता र काठमाडौँवासीका परम्परागत चालचलनका बीचमा स्वभावले नै अभिन्न सम्बन्ध रहेको बताए। 

नदी सभ्यतालाई छुट्याएर काठमाडौँवासीका सांस्कृतिक क्रियाकलापको निरन्तरता अधुरो रहने हुनाले नदी सभ्यता जस्ता प्राकृतिक सम्पदा र सांस्कृतिक, सामाजिक संस्कृतिलाई सँगै संरक्षण गर्नुपर्ने धारणा उनले राखे। प्रमुख साहले भने, ‘अनुदान रकम कम भए पनि यसलाई गुठि, खलका प्रतिनिधिले प्रोत्साहनका रूपमा ग्रहण गर्नुभयो ।’

उपप्रमुख सुनिता डङ्गोलले सांस्कृतिक सम्पदाको संरक्षण राजनीतिक विषयभन्दा माथि रहेको उल्लेख गरिन्। सामाजिक व्यवस्थापन र पहिचानका लागि सांस्कृतिक क्रियाकलापको महत्त्वलाई कामपाले नीति र कार्यक्रममा समेट्ने उनले विश्वास दिलाइन् ।

 काठमाडौँका संस्कार र संस्कृति बचाए मात्र महानगर सांस्कृतिक सहर हुनेमा आफू सचेत रहेको भन्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले वाद्यवादन, पर्व, संस्कार र संस्कृति बचाउने नीति कार्यक्रमलाई महानगरले कहिल्यै नछोड्ने बताइन्। 

कार्यक्रममा वडा नं १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले समुदायका सांस्कृतिक क्रियाकलापसँग महानगर केन्द्रीय तहबाट र स्थानीय गतिविधिमा वडागत रूपमा साथ रहेको उल्लेख गरे । महागुथिका अध्यक्ष पञ्चनारायण महर्जनले कामपाको सहयोगमा बाजागाजा संरक्षणमा ठूलो सहयोग पुगेको बताए। सहकार्यलाई अझ नजिक बनाउँदा महानगर र समुदाय दुवैलाई फाइदा हुने उनको भनाइ थियो । 

गुँला बाजा व्यवस्थापन तथा संरक्षण सङ्घका अध्यक्ष अमिरमान शाक्यले बुद्धभूमि लुम्बिनीबाट काठमाडौँ आएका शाक्यहरूसँगै गुँला बाजाको संस्कार भित्रिएको बताए। गुँला बाजा समूहमध्ये चारुमती र जयबागेश्वरी धा बाजं खल गुँला पर्वका अवसरमा बाजा बजाउँदै पशुपतिको यात्रा गर्छन् भने अन्य २१ वटा समूहले स्वयम्भूको यात्रा गर्छन् । 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ८ : ०३ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान