नगरपालिकाले उठिबास लगाएको भन्दै सिरहाको मिर्चैयामा प्रदर्शन | Khabarhub Khabarhub

नगरपालिकाले उठिबास लगाएको भन्दै सिरहाको मिर्चैयामा प्रदर्शन


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिरहा-  नगरपालिकाले घर तोडफोड गरेको भन्दै सिरहाको मिर्चैयामा स्थानीयबासीले विरोध प्रदर्शन गरेका छन् । सोमबार मिर्चैया नगरपालिका वडा नम्बर ५ का स्थानीयवासीले नगरपालिकाको कदमविरुद्ध प्रदर्शन गरेका हुन् ।

गत माघ २७ गते र फागुन ११ गते नगरपालिकाले बजार क्षेत्रका करिब तीन दर्जन घर तोडफोड गरी हटाइदिएको थियो । यही घटनालाई लिएर उनीहरूले आफूहरूमाथि नगरपालिकाले ज्यादती गरेको भन्दै प्रदर्शन गरेका हुन् । बिहान मिर्चैया बजारबाट निस्किएको विरोध जुलुस थाना चौक, नापी कार्यालय हुँदै नगरपालिका कार्यालय अगाडि पुगेर टुंगिएको थियो ।

त्यसक्रममा उनीहरूले नगरपालिका कार्यालय अगाडि टायर बालेर प्रदर्शन पनि गरेका थिए । नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै जनतामाथि शासन गर्न खोजेको उनीहरूको आरोप छ । नगरपालिकाले बस्ने तथा व्यवसाय गरेर बाँच्ने सुनिश्चितता नै नगरी चालेको यो कदमबाट आफूहरु बेघर बनेको, व्यापार व्यवसाय बन्द हुँदा रोजीरोटीको आधार नै गुमेकोलगायत दुखेसो उनीहरूको छ ।

आफूहरूलाई बस्न र व्यापार गर्न तत्काल व्यवस्था गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, बस्दै आएको जग्गाको लालपुर्जा दिनुपर्ने, आफूहरूमाथि ज्यादती भएकाले छानबिन गरी न्याय दिनुपर्नेलगायतका माग उनीहरूले गरेका छन् । आफूहरूका मागको सुनुवाई नभए सशक्त आन्दोलनमा उत्रिनेसमेत उनीहरूले चेतावनी दिएका छन् ।

सयौँ वर्षअघि मिर्चैया जंगल नै रहेका बेला बजार लगाउन आफूहरूलाई यहाँ बसोबास गराएको भए पनि अहिले आएर नगरपालिकाले उठिबास गराएको उनीहरूले बताएका छन् । तत्कालीन गाउँ पञ्चायतले यो जग्गा बहाल बिटौरीका रूपमा सर्वसाधारणलाई पसल खोल्न र बसोबासका लागि दिएको थियो । उनीहरूले जग्गा प्रयोग गरेबापत् गाउँ पञ्चायतलाई बहाल अर्थात् भाडा दिँदै आएका थिए । पुर्खौँदेखि बस्दै आएकाले यो जमिनमाथि आफूहरूको हक लाग्ने उनीहरूको दाबी छ ।

यता, नगरपालिकाले भने यो जग्गा सरकारी रहेकाले खाली गराएको दाबी गर्दै आएको छ । बहाल बिटौरीको जग्गा नेपाल सरकारको स्वामित्वमा रहेको नगरपालिकाले जनाएको छ । मिर्चैया बजारमा पोखरीको डिलमा बहाल बिटौरी जग्गा रहेको छ । यस बाहेक बजारमा गाउँबल्कअन्तर्गत निजी स्वामित्वका घर जग्गाहरू छन् । मिर्चैयास्थित विशेष नापी कार्यालयले बजारमा रहेका सरकारी, सार्वजनिक र गाउँब्लकका जग्गाहरू छुट्याउने काम गरेको चार वर्ष बित्दासमेत लालपुर्जा वितरण गरेको छैन ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : २९ बजे

ट्रम्प र नेतन्याहूबीच वार्ता हुँदै, इजरायल–हमास सम्झौता हुने आशा

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

च्युरीबोटमा केन्द्रीय प्रसारण लाइनको बिजुली

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा विद्युतीकरण भएको छ ।  नेपाल

कांग्रेस बैठकमा नेताहरूले उठाएका तीन ‘स’

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ

प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशममन्त्रीको भेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ

बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

बागमती– बागमती प्रदेशमा हालसम्म २० दशमलव ५१ प्रतिशत जग्गामा मात्र