नगरपालिकाले उठिबास लगाएको भन्दै सिरहाको मिर्चैयामा प्रदर्शन « Khabarhub

नगरपालिकाले उठिबास लगाएको भन्दै सिरहाको मिर्चैयामा प्रदर्शन


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिरहा-  नगरपालिकाले घर तोडफोड गरेको भन्दै सिरहाको मिर्चैयामा स्थानीयबासीले विरोध प्रदर्शन गरेका छन् । सोमबार मिर्चैया नगरपालिका वडा नम्बर ५ का स्थानीयवासीले नगरपालिकाको कदमविरुद्ध प्रदर्शन गरेका हुन् ।

गत माघ २७ गते र फागुन ११ गते नगरपालिकाले बजार क्षेत्रका करिब तीन दर्जन घर तोडफोड गरी हटाइदिएको थियो । यही घटनालाई लिएर उनीहरूले आफूहरूमाथि नगरपालिकाले ज्यादती गरेको भन्दै प्रदर्शन गरेका हुन् । बिहान मिर्चैया बजारबाट निस्किएको विरोध जुलुस थाना चौक, नापी कार्यालय हुँदै नगरपालिका कार्यालय अगाडि पुगेर टुंगिएको थियो ।

त्यसक्रममा उनीहरूले नगरपालिका कार्यालय अगाडि टायर बालेर प्रदर्शन पनि गरेका थिए । नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै जनतामाथि शासन गर्न खोजेको उनीहरूको आरोप छ । नगरपालिकाले बस्ने तथा व्यवसाय गरेर बाँच्ने सुनिश्चितता नै नगरी चालेको यो कदमबाट आफूहरु बेघर बनेको, व्यापार व्यवसाय बन्द हुँदा रोजीरोटीको आधार नै गुमेकोलगायत दुखेसो उनीहरूको छ ।

आफूहरूलाई बस्न र व्यापार गर्न तत्काल व्यवस्था गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, बस्दै आएको जग्गाको लालपुर्जा दिनुपर्ने, आफूहरूमाथि ज्यादती भएकाले छानबिन गरी न्याय दिनुपर्नेलगायतका माग उनीहरूले गरेका छन् । आफूहरूका मागको सुनुवाई नभए सशक्त आन्दोलनमा उत्रिनेसमेत उनीहरूले चेतावनी दिएका छन् ।

सयौँ वर्षअघि मिर्चैया जंगल नै रहेका बेला बजार लगाउन आफूहरूलाई यहाँ बसोबास गराएको भए पनि अहिले आएर नगरपालिकाले उठिबास गराएको उनीहरूले बताएका छन् । तत्कालीन गाउँ पञ्चायतले यो जग्गा बहाल बिटौरीका रूपमा सर्वसाधारणलाई पसल खोल्न र बसोबासका लागि दिएको थियो । उनीहरूले जग्गा प्रयोग गरेबापत् गाउँ पञ्चायतलाई बहाल अर्थात् भाडा दिँदै आएका थिए । पुर्खौँदेखि बस्दै आएकाले यो जमिनमाथि आफूहरूको हक लाग्ने उनीहरूको दाबी छ ।

यता, नगरपालिकाले भने यो जग्गा सरकारी रहेकाले खाली गराएको दाबी गर्दै आएको छ । बहाल बिटौरीको जग्गा नेपाल सरकारको स्वामित्वमा रहेको नगरपालिकाले जनाएको छ । मिर्चैया बजारमा पोखरीको डिलमा बहाल बिटौरी जग्गा रहेको छ । यस बाहेक बजारमा गाउँबल्कअन्तर्गत निजी स्वामित्वका घर जग्गाहरू छन् । मिर्चैयास्थित विशेष नापी कार्यालयले बजारमा रहेका सरकारी, सार्वजनिक र गाउँब्लकका जग्गाहरू छुट्याउने काम गरेको चार वर्ष बित्दासमेत लालपुर्जा वितरण गरेको छैन ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : २९ बजे

सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित

काठमाडौं– राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा