युवा सङ्घमा गुटबन्दी हुँदैन : ओली « Khabarhub

युवा सङ्घमा गुटबन्दी हुँदैन : ओली


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा सङ्घ नेपालमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने बताएका छन् ।

बाँकेको नेपालगञ्जमा आजदेखि सुरु भएको सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी भएकाले अब युवा सङ्घमा कुनै पनि बाहनामा पक्ष विपक्षको कुरा नहुने उल्लेख गरे ।

“युवा सङ्घ जस्तो गतिशील, सिर्जनशील संस्था जात, क्षेत्र र भूगोलको आधारमा पक्ष विपक्ष र गुटबन्दी गरेको सुहाउँदैन”, उनले भने, “सामाजिक सद्भाव, राष्ट्रिय एकतालाई आत्मसाथ गर्दै नयाँ जोश, उत्साह अठोट र खुल्ला मनका साथ अघि बढ्न जरुरी छ ।”

नेताले आशिर्वाद दिएर नेतृत्वमा पुग्ने कामले सङ्गठन जुझारु नहुनेतर्फ इङ्गित गर्दै अध्यक्ष ओलीले आफू केन्द्रित नभई सङ्गठन, युवा आन्दोलन र देशलाई केन्द्रमा राखेर अघि बढ्न युवालाई आग्रह गरे।

सम्पूर्ण क्षेत्रमा पार्टीलाई सशक्तरूपमा प्रमुख हैसियत बनाउनुमा युवा सङ्घको ठूलो भूमिका रहेको बताउँदै उनले राजनीतिलाई जनताको पक्षमा परिणाम निस्किने सन्दर्भमा युवा सङ्घले योगदान पुर्याएको उल्लेख गरे ।

विसं २०४७ मा संविधान जारी हुने वा नहुने आशंका रहेको बेला संविधान जारी गराउन र जनताको पक्षमा गराउन युवा सङ्घले भूमिका खेलेको स्मरण गर्दै अध्यक्ष ओलीले अहिले पनि युवा सङ्घले राज्य सत्ताको दुरुपयोग हुन नदिन, आमनिर्वाचन स्वच्छ बनाउन र जनताको पक्षमा गराउन भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

विगतको गौरवमय इतिहासलाई अझ प्रभावकारी र सशक्तरूपमा अगाडि बढाउने जोश जाँगर, क्षमता सिर्जनशीलता र पार्टीले सारेको नीति कार्यान्वयन गर्ने नेतृत्व महाधिवेशनले चयन गर्ने उल्लेख गर्दै उनले भने, “युवालाई सङ्गठित गर्ने, सही बाटो देखाउने र असल मान्छे बनाउने काम युवा सङ्घको हो । कार्यशैली र व्यवहार हेर्दा बित्तिकै युवा सङ्घको कार्यकर्ता भन्ने चिनिन सक्ने हुनुपर्छ, परिचय देखाएर युवा सङ्घको चिनारी दिन आवश्यक छैन ।”

राष्ट्रिय युवा सङ्घ एमालेको बलियो खम्बा हो भन्दै उनले यसले पार्टीलाई अफ्ठ्यारो परेको बेला नेपाली जनतालाई अफ्ठ्यारो परेको बेला जोश र जाँगरका साथ आफ्नो जिम्मेवारी पूरा गर्दै आएको बताए । अध्यक्ष ओलीले भने, “महाधिवेशनमा पदका लागि होइन काम र जिम्मेवारी निर्वाह गर्ने सोचका साथ दुई वर्षसम्म रात दिन सक्रियताका साथ खट्न सक्ने क्षमता हुन जरुरी छ ।”

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : ४४ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्