अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न एकार्कालाई सहयोग गरौँ : प्रधानमन्त्री | Khabarhub Khabarhub

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न एकार्कालाई सहयोग गरौँ : प्रधानमन्त्री


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपाय खोजिरहेको बताएका छन्। अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले आज बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँगको छलफलमा उनले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताए ।

प्रधानमन्त्री दाहालले भने, “मैले नै यो बैठकको आयोजना गरेको हुँ । अर्थतन्त्रमा देखापरेको दबाबलाई कम गर्न लगातार छलफलमा छौँ । बैंकको ब्याजदर घटाउने उपाय खोजिरहेका छौँ । हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ ।” विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महसुस भएको र अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको जनाउँदै उनले बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिसँग बृहत् छलफल गर्नेबारेमा आफूले सोचिरहेको बताए ।

“हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दबाबलाई सकारात्मक दिशामा लैजान सक्छौँ”, उनले भने ।

अर्थतन्त्रमा सङ्कट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार छन् भन्दै प्रधानमन्त्री दाहालले भूकम्प, कोभिड, रूस र युक्रेनको युद्ध लगायतका कारण पनि रहेका बताए। सरकार राजस्व सङ्कलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागिपरेको उनको भनाइ थियो ।

“अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदैछौँ । घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौँ । त्यसकारण यसमा पनि हामी छिट्टै निष्कर्षमा पुग्छौँ”, प्रधानमन्त्री दाहालले भने ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने तर तिर्दिनँ भन्नेलाई छाड्न नसकिने उल्लेख गर्दै उनले त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन नसकिने बताए । “हूलहुज्जतको सहज सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ”, उनले बताए ।

छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृतलगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिले बैंक र कर्मचारीको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताए ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महत, मुख्यसचिव शङ्करदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम रायलगायत सहभागी थिए।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  १० : ०१ बजे

हेटौँडा–काठमाडौं र हेटौँडा–धरान सडक खुल्यो

मकवानपुर– वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र

लिग-२ : नेपालले कसरी खेल्नसक्छ २०२७ को विश्वकप ?

विश्वकप लिग-२ का सुरुवाती खेलमा कमजोर प्रदर्शन गरिरहेको नेपालले सन्

संसदीय सुनुवाइसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ ।

अनेरास्ववियु (क्रान्तिकारी)मा उमेर हद लागू गर्ने तयारी

काठमाडौं– नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को नेतृत्वका विषयमा

विद्युत् खम्बा ढल्दा तनहुँका दुई पालिका अन्धकारमा

तनहुँ– गत बिहीबार रातिदेखि परेको वर्षाका कारण तनहुँको बुद्धसिंह मार्गअन्तर्गत