बिस्केट जात्रा : तौमढीबाट तानिएको भैरवको रथ इनाचो पुग्यो « Khabarhub

बिस्केट जात्रा : तौमढीबाट तानिएको भैरवको रथ इनाचो पुग्यो


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नयाँवर्षको आगमनसँगै भक्तपुरमा नौ दिन, आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्का अर्थात् बिस्केट जात्राको पहिलो दिन आज भैरवको रथ तानिएको छ । प्यागोडा शैलीमा काठैकाठले निर्माण भएको तीनतले भैरवको रथ स्थानीयवासीले आज अपराह्न ४ बजेदेखि तौमढी ९पाँचतले मन्दिर प्राङ्गण० बाट तल र माथिका बासिन्दाले होस्य, हैस्यै, हाः हाः हाः गर्दै रथ तानेर जात्रा सुरु गरिएको हो ।

आज राति ८ बजेसम्ममा तौमढीबाट माथिल्लोतर्फ सुकुलढोका, गोल्मढी हुँदै इनाचो पु¥याइएको छ । हजारौँका सहभागिता रहेको जात्रामा भैरवको रथलाई दत्तात्रयसम्म लैजाने प्रयास जारी छ । तौमढीभन्दा तलका बासिन्दाले पनि रथलाई तौमढीतर्फ ल्याउन तानिरहेका छन् ।

रथको अगाडि लामो वेतसीं ९बेताल राख्ने अर्धचन्द्राकार लामो काठ० राखिएको छ । त्यसमा बेताल देवतालाई राखिएको छ । रथका ठूला चारवटै पाङ्ग्रामा भैरवको मुखाकृतिको चित्र कोरेर थप आकर्षण बनाइन्छ । रथका अगाडि ६ र पछाडि चार÷चारवटा डोरी बाँधिन्छ जसलाई नवदुर्गाको प्रतीकका रुपमा लिने गरिन्छ । रथका अगाडि पछाडि बाँधिएको डोरीलाई स्थानीय जात्रालुले समातेर जात्राले रथ तान्न सुरु गरेका हुन् ।

आजको रथ तानातान गर्ने कार्यलाई जात्राको प्रमुख आकर्षण मानिन्छ । यसरी तानेर रथलाई क्वने (तल्लो)वा थने (माथिल्लो) टोलका स्थानीयवासीले आ–आफ्नो टोलमा लैजाने प्रयास गर्दछ । पहिलो दिन रथलाई तानातान गर्ने क्रममा माथिल्लोतर्फ तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै तलतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने परम्परा छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  १० : २६ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान