गर्मीमा फ्रिजको पानी पिउनु कत्तिको घातक हुन्छ ? | Khabarhub Khabarhub

गर्मीमा फ्रिजको पानी पिउनु कत्तिको घातक हुन्छ ?


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गर्मी मौसम विस्तारै सुरु भएको छ। यो मौसममा धेरै चर्को घामका कारण धेरै प्यास लाग्ने गर्छ। टन्टलापुर घामबाट घरमा वा अफिसमा फर्किएपछि फ्रिजको चिसो पानी पिउन सबैलाई मनपर्छ। गर्मीसँगै थकाइले प्यास लागिरहेको अवस्थामा चिसो पानी घटघट पिउनुको मज्जा नै बेग्लै हुन्छ। तर, फ्रिजको पानी सिधै पिउँदा यसले हाम्रो शरीरलाई हानी पुर्याउन सक्छ। धेरै चिसो पानीले मुटुलाई पनि असर गर्दछ। यसले मुटुको धड्कन पनि कम गराउन सक्छ। फ्रिजको पानी सिधै पिउँदा शरीरलाई यस्ता अन्य असर पनि पार्न सक्ने चिकित्सककले बनाएका छन्। फ्रिजको पानीले हामीलाई कस्तो असर गर्छ भन्ने विषयमा चिकित्सकसँगको कुराकानीका आधारमा तयार सामग्री :

फ्रिजको पानी पिउनाले पुर्याउने असर
– चिसो पानी पिउँदा घाँटी दुख्ने र आवाज परिवर्तन हुने समस्या हुन्छ।
– धेरै चिसो पानी पिउँदा घाँटीलाई असर गरेर टन्सिलको समस्या देखिन सक्छ।
– धेरै चिसो पानीले पाचन प्रक्रियालाई असर गर्दछ।
– फ्रिजको पानीले रक्तसञ्चारमा असर गर्छ, जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठिक तरिकाले नपच्दा शरीरलाई आवश्यक पर्ने पोषक तत्त्व पनि मिल्दैन।
– धेरै नै चिसो पानीको सेवनले मुटुको गति कम हुनसक्छ।
– धेरै चिसो पानी पिउँदा हामीले खाएको खानाबाट पोषण तत्त्व तयार हुन सक्दैन। त्यसकारण शरीरको सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ।
– दैनिक रूपमा खाना खाने बित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुनजान्छ। यसको खराब असर मेटाबोलिजममा पर्छ। जसको कारण शरीरमा बोसो जम्मा भएर मानिस मोटाउन थाल्छ।
– चिसो पानी पिउँदा मेरुदण्डका संवेदनशील स्नायु चिसो हुन्छन् र यसले गर्दा टाउको दुख्ने समस्या देखा पर्नसक्छ।
– धेरै चिसो पानीको सेवनले दाँत दुख्ने वा सिरिङसिरिङ भए जस्तो महसुस हुनसक्छ
– चिसो पानी पिउँदा श्वासनलीमा कफ बन्न जान्छ। श्वासनलीको सुरक्षार्थ हुने पत्रमा कफ जम्मा हुँदै जाँदा विभिन्न संक्रमण हुनपुग्छ।
– चिसो पानीले रक्तबाहिनी नली खुम्चिन पुग्छ।
– चिसो पानीको सेवनले लामो समयसम्म कब्जियतको समस्या हुनसक्छ।
– मानव शरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ। जब कुनै चिसो चिज पिइन्छ तब त्यसलाई सामान्य तापक्रममा बदल्न शरीरको ऊर्जा खर्च हुन्छ। खाएको पदार्थ पचाउन र पोषक तत्त्व शोषणका लागि प्रयोग हुनुपर्ने ऊर्जा अन्यत्र खर्च हुँदा शरीरलाई पोषक तत्त्व प्राप्त हुन सक्दैन।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ७ : ०२ बजे

प्रधानमन्त्रीलाई टिकटकरको सुझाव : अघिल्लो सरकारले जस्तो टिकटक बन्द नगर्नू

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई जना चर्चित टिकटकरले

पोखराको टाइगर माउन्टेनमा बेलायती राजकुमारको बास

पोखरा – नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र उनकी

मकुना मृत्यु प्रकरणः सरकारद्वारा छानबिन समिति गठन

काठमाडौं – सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको

एक वर्षपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भए सांसद नेम्बाङ

काठमाडौं – नेकपा एमालेका सांसद बसन्तकुमार नेम्बाङ एक वर्ष पछाडि

१२ करोड लगानीमा बुटवलमा दोस्रो सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन

बुटवल – सिद्धार्थ हस्पिटालिटीले बुटवलको योगीकुटीमा निर्माण गरेको ‘सिद्धार्थ कटेज’को