गर्मीमा फ्रिजको पानी पिउनु कत्तिको घातक हुन्छ ? « Khabarhub

गर्मीमा फ्रिजको पानी पिउनु कत्तिको घातक हुन्छ ?


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गर्मी मौसम विस्तारै सुरु भएको छ। यो मौसममा धेरै चर्को घामका कारण धेरै प्यास लाग्ने गर्छ। टन्टलापुर घामबाट घरमा वा अफिसमा फर्किएपछि फ्रिजको चिसो पानी पिउन सबैलाई मनपर्छ। गर्मीसँगै थकाइले प्यास लागिरहेको अवस्थामा चिसो पानी घटघट पिउनुको मज्जा नै बेग्लै हुन्छ। तर, फ्रिजको पानी सिधै पिउँदा यसले हाम्रो शरीरलाई हानी पुर्याउन सक्छ। धेरै चिसो पानीले मुटुलाई पनि असर गर्दछ। यसले मुटुको धड्कन पनि कम गराउन सक्छ। फ्रिजको पानी सिधै पिउँदा शरीरलाई यस्ता अन्य असर पनि पार्न सक्ने चिकित्सककले बनाएका छन्। फ्रिजको पानीले हामीलाई कस्तो असर गर्छ भन्ने विषयमा चिकित्सकसँगको कुराकानीका आधारमा तयार सामग्री :

फ्रिजको पानी पिउनाले पुर्याउने असर
– चिसो पानी पिउँदा घाँटी दुख्ने र आवाज परिवर्तन हुने समस्या हुन्छ।
– धेरै चिसो पानी पिउँदा घाँटीलाई असर गरेर टन्सिलको समस्या देखिन सक्छ।
– धेरै चिसो पानीले पाचन प्रक्रियालाई असर गर्दछ।
– फ्रिजको पानीले रक्तसञ्चारमा असर गर्छ, जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठिक तरिकाले नपच्दा शरीरलाई आवश्यक पर्ने पोषक तत्त्व पनि मिल्दैन।
– धेरै नै चिसो पानीको सेवनले मुटुको गति कम हुनसक्छ।
– धेरै चिसो पानी पिउँदा हामीले खाएको खानाबाट पोषण तत्त्व तयार हुन सक्दैन। त्यसकारण शरीरको सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ।
– दैनिक रूपमा खाना खाने बित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुनजान्छ। यसको खराब असर मेटाबोलिजममा पर्छ। जसको कारण शरीरमा बोसो जम्मा भएर मानिस मोटाउन थाल्छ।
– चिसो पानी पिउँदा मेरुदण्डका संवेदनशील स्नायु चिसो हुन्छन् र यसले गर्दा टाउको दुख्ने समस्या देखा पर्नसक्छ।
– धेरै चिसो पानीको सेवनले दाँत दुख्ने वा सिरिङसिरिङ भए जस्तो महसुस हुनसक्छ
– चिसो पानी पिउँदा श्वासनलीमा कफ बन्न जान्छ। श्वासनलीको सुरक्षार्थ हुने पत्रमा कफ जम्मा हुँदै जाँदा विभिन्न संक्रमण हुनपुग्छ।
– चिसो पानीले रक्तबाहिनी नली खुम्चिन पुग्छ।
– चिसो पानीको सेवनले लामो समयसम्म कब्जियतको समस्या हुनसक्छ।
– मानव शरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ। जब कुनै चिसो चिज पिइन्छ तब त्यसलाई सामान्य तापक्रममा बदल्न शरीरको ऊर्जा खर्च हुन्छ। खाएको पदार्थ पचाउन र पोषक तत्त्व शोषणका लागि प्रयोग हुनुपर्ने ऊर्जा अन्यत्र खर्च हुँदा शरीरलाई पोषक तत्त्व प्राप्त हुन सक्दैन।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ७ : ०२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट