अर्घाखाँची आगलागीमा घाइते भएका तीन जनाको मृत्यु | Khabarhub Khabarhub

अर्घाखाँची आगलागीमा घाइते भएका तीन जनाको मृत्यु


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ ।

आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको हो ।

पिताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा मृत्यु भएको हो भने पदमको अस्पताल लैजाँदै गर्दा चितवनको नारायणघाट नजिक पुग्दा मृत्यु भएको हो ।

यस्तै घनश्यामको उपचारका लागि काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

मङ्गलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोलागाउँका पदम बेल्वासेको घरमा आगो निभाउने क्रममा पाँच जना घाइते भएका थिए । आगलागीबाट २६ वर्षीया अस्मिता बेल्वासे र ३६ वर्षीय माधव बेल्वासेसमेत घाइते भएका छन् । माधवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा लैजान सिफारिस गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ लैजान सिफारिस गरिएको थियो ।

यसैबीच सन्धिखर्क नगरपालिका–४ वाङलास्थित मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट चार भैँसीसमेत जलेर मरेका छन् । कुखुरा फार्ममा आगलागी हुँदा आठ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालद्दिन मियाँ, सफी मियाँ र समसेर मियाँका घरगोठ जलेर नष्ट भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ५५ बजे

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

पोखरा- कास्कीको पर्यटकीय गाउँका रुपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ

जुवातास खेलिरहेको अवस्थामा कैलालीमा ५ जना पक्राउ

कैलाली- कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्

शिक्षा सम्बन्धी विधेयकका त्रुटि संसदबाट सच्चाउँछौँ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षा सम्बन्धी

फिफिया एपमार्फत अनलाइन ठगी गर्ने एक महिला पक्राउ

काठमाडौँ–  ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७

शिक्षकहरूका माग कानुनी र संवैधानिक छन् : शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलित शिक्षकहरूका माग