‘बजेट उत्पादन र रोजगारी बढाउन केन्द्रित हुनुपर्छ’ « Khabarhub

‘बजेट उत्पादन र रोजगारी बढाउन केन्द्रित हुनुपर्छ’


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष बजेट उत्पादन बढाउने र रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताएका छन्।

नेपाल नगरपालिका सङ्घद्वारा आज यहाँ आयोजित ‘वित्तीय सङ्घीयता र स्थानीय तहको योजना तर्जुमा’ प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान आधा हिस्सा मात्र आउनु र प्रदेशमा राजस्व पनि सङ्कलनमा कमी आउनुले समस्या उत्पन्न भएको बताए । राजस्व सङ्कलनको स्थिति यथावत् रहेमा बजेट कम आकारको बन्ने उनको भनाइ छ ।

उनले दायित्व बढ्ने र बजेट स्रोत कमजोर हुने अवस्था देखिएको भन्दै स्थानीय तहले अतिआवश्यक ठाउँमा मात्रै लगानी गर्न सुझाव दिए । सङ्घीयता बलियो बनाउन विगतका कमी कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।

उनले स्थानीय तहले बजेट निर्माण गर्दा उत्पादन बढाउने, रोजगार सिर्जना गर्ने र सौन्दर्यकरणमा बढी केन्द्रित गर्नुपर्ने बताए।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १२ : ३६ बजे

अत्यधिक गर्मी बढेपछि नेपालगन्जका विद्यालय बन्द

नेपालगन्ज– अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा बुधबारदेखि लागू हुनेगरि तीन दिनका

सबैजसो पुराना नेता तानिन सक्छन् अनुसन्धानमा, दलहरूमा निम्तिन सक्छ गम्भीर संकट

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेको भोलिपल्टबाटै पुराना दलका

राजनीति जनताको सेवा गर्ने औजार हो : मन्त्री तिमिल्सिना

चितवन– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा

आफैं गाडी चलाएर बन्द सत्रस्थलमा पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन