बजेट नियन्त्रित र विस्तारकारी बनाउन उपयुक्त : पूर्वअर्थमन्त्री शर्मा « Khabarhub

बजेट नियन्त्रित र विस्तारकारी बनाउन उपयुक्त : पूर्वअर्थमन्त्री शर्मा


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वअर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट नियन्त्रित र विस्तारकारी बनाउन उपयुक्त हुने सुझाव दिएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०-८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले निश्चित क्षेत्रमा विस्तारकारी र अन्य क्षेत्रमा खर्च कटौती र नियन्त्रण गर्नुपर्ने बताए ।

‘वर्तमान अवस्थामा देखिएका आर्थिक सङ्कुचन तथा भविष्यमा आउन सक्ने वित्तीय क्षेत्रको चुनौतीलाई सम्बोधन गर्न गम्भीर भएर सोचौँ, आर्थिक सङ्कुचनबाट जोगाउँदै अर्थतन्त्रलाई पुनःपरिचालित गराउन उपयुक्त बजेट निर्माण गर्नु आवश्यक रहेको छ’, उनले भने ।

अर्थतन्त्रको सङ्कुचनलाई देखाएर बजेटको आकार घटाउन थालिएमा अर्थतन्त्रमा झन् सङ्कुचनतर्फ जाने उल्लेख गर्दै उनले अर्थतन्त्रलाई सङ्कुचनबाट वृद्धितर्फ लैजान सरकारी खर्च बढाउनुबाहेक अन्य विकल्प नभएको बताए । 

आर्थिक गतिविधि बढाउन बजेट बढाउँदा स्रोत व्यवस्थापनको चुनौतीलाई ध्यान दिनु आवश्यक छ । यसका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिनुपर्ने बताए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  २ : १० बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६