‘भ्रष्टाचारीलाई जोगाउन दौडधुप नगरौँ’ « Khabarhub

‘भ्रष्टाचारीलाई जोगाउन दौडधुप नगरौँ’


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसदहरुले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद विमला सुवेदीले भनिन्, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने नारा सस्तो लोकप्रियताका लागि र जनताको आँखामा छारो हाल्नका लागि मात्रै होइन, कडाइपूर्वक कार्यान्वयन गर्न हो, भ्रष्टाचारीलाई जोगाउन दौडधुप नगरौँ ।’

सांसद बुद्धिमान तामाङले धादिङ जिल्लाभित्र रहेका विभिन्न सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद भगवती चौधरीले सुनसरी जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा घर जलेर नष्ट भएको अवस्थामा सरकारले क्षतिपूर्ति र राहतको व्यवस्था गर्नुपर्ने माग गरे। 

सांसद भीमप्रसाद आचार्यले सुनसरी जिल्लामा भन्सार कार्यालय स्थापना गर्नुपर्नेमा जोड दिए । सांसद मनबहादुर गुरुङले पोखरामा रहेका तालहरुको विकास र संरक्षण गरिनुपर्नेमा जोड दिए। सांसद महेन्द्रबहादुर शाहीले कालीकोट जिल्लामा कर कार्यालय स्थापना हुनुपर्छ भने। 

सांसदहरु महेशकुमार बर्तौला, माधवप्रसाद सापकोटा, मानवीर राई, मेटमणि चौधरी, मेनकाकुमारी पोखरेल, रेखा यादव, रोशन कार्की, लीलानाथ श्रेष्ठ, लेखनाथ दाहाल, रघुजी पन्त, मैना कार्की, मंगलप्रसाद गुप्ता, मञ्जुशर्मा अन्सारी, रणकुमारी बलमपाकी मगर, रणेन्द्र बराली, रामहरि खतिवडा, रुक्मणि राना बराइली, रुपासोनी चौधरी, रञ्जुकुमारी झा, रमा कोइराला पौडेल, राजु थापा, राजेन्द्रकुमार राई, राजेन्द्र बजगाईं, रामकुमार राई, रामकृष्ण यादव, रामनाथ अधिकारी, रामशंकर यादव र महेश बस्नेतलगायतले भ्रष्टाचार, महँगी, सुरक्षालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । 

बिहान ११ बजे बस्ने भनिएको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो । कार्यतालिकाअनुसार आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (करप्रस्तावबाहेक) माथि छलफल हुने र अर्थमन्त्री डा प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् । 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ३ : १९ बजे

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी