सहिद स्मारक ए डिभिजन लिगमा एपीएफको सहज जित « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा एपीएफको सहज जित


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले आर्मी फुटबल क्लबमाथि सहज जित हासिल गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले आर्मीलाई ३-० गोल अन्तरले पराजित गरेको हो । अर्मान्ड विडोङ्गले खेलको ४० औं मिनेटमा आर्मीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५५ औं मिनेटमा आभाष लामिछानेले एपीएफको अग्रतालाई दोब्बर बनाउने काम गरे । त्यसको ६ मिनेटपछि नवीन लामाले गोल गर्दै एपीएफलाई फराकिलो जित दिलाए । जीतसंगै एपीएफ २२ अंक जोडेर तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । आर्मीको २१ अंक छ ।

त्यस्तै बुधबार नै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मच्छिन्द्रलाई २–१ ले हराउँदै चर्च ब्वाइज शीर्षस्थानमा फर्किएको छ । चर्च ब्वाइजको जितमा अन्जन विष्टले एक गोल गर्दा अर्को गोल आत्मघाती गोल भएको थियो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत एक गोल गरेका थिए । 

चर्च ब्वाइज ३० अंक सहित शीर्ष स्थानमा छ भने थ्री स्टारको २५ सहित तालिकाको चौथो स्थानमा छ । 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ६ : ५६ बजे

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल

प्राध्यापक झानलाई प्रश्न : चिनियाँ सिने उद्योगले हलिउडसँग प्रतिस्पर्धा गर्न सक्छ ?

काठमाडौं – चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक

चितुवाको आक्रमणबाट दुई घाइते

दाङ– जिल्लाको राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको

पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले हालैको प्रतिनिधिसभा निर्वाचनमा