सहिद स्मारक ए डिभिजन लिगमा एपीएफको सहज जित « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा एपीएफको सहज जित


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले आर्मी फुटबल क्लबमाथि सहज जित हासिल गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले आर्मीलाई ३-० गोल अन्तरले पराजित गरेको हो । अर्मान्ड विडोङ्गले खेलको ४० औं मिनेटमा आर्मीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५५ औं मिनेटमा आभाष लामिछानेले एपीएफको अग्रतालाई दोब्बर बनाउने काम गरे । त्यसको ६ मिनेटपछि नवीन लामाले गोल गर्दै एपीएफलाई फराकिलो जित दिलाए । जीतसंगै एपीएफ २२ अंक जोडेर तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । आर्मीको २१ अंक छ ।

त्यस्तै बुधबार नै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मच्छिन्द्रलाई २–१ ले हराउँदै चर्च ब्वाइज शीर्षस्थानमा फर्किएको छ । चर्च ब्वाइजको जितमा अन्जन विष्टले एक गोल गर्दा अर्को गोल आत्मघाती गोल भएको थियो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत एक गोल गरेका थिए । 

चर्च ब्वाइज ३० अंक सहित शीर्ष स्थानमा छ भने थ्री स्टारको २५ सहित तालिकाको चौथो स्थानमा छ । 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ६ : ५६ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै