जसपाको विधान अधिवेशन असारमा « Khabarhub

जसपाको विधान अधिवेशन असारमा


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल, जसपाले आफ्नो विधान अधिवेशन आगामी असारमा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालयमा आज बसेको कार्यकारिणी समितिको बैठकले आगामी असार ९, १० र ११ गतेदेखि विधान अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

उनका अनुसार यसअघि सो अधिवेशन आउँदो जेठ १ गतेदेखि काठमाडौँमा गर्ने तय भएकामा तयारी नपुगेकाले असार ९ गतेलाई सारिएको हो । यसैगरी आजको बैठकले नागरिकतासम्बन्धी विधेयक अविलम्ब प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याउन राष्ट्रपतिसमक्ष आग्रह गर्ने निर्णय गरेको छ ।

उता प्रदेश नं १ को नाम ‘कोशी’ राखिएको विरुद्ध जारी आन्दोलनमाथि दमन बन्द गर्न तथा आन्दोलनकारीसँग वार्ता गरी निकास खोज्न पनि सो पार्टीले माग गरेको छ । आजको बैठकले भुटानी शरणार्थी समस्यासम्बन्धी निष्पक्ष छानविन गरी दोषी देखिएमा कानूनी दायरामा ल्याउन र कानुनी प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरिएको कार्यकारिणी समिति सदस्य थापाले जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : २२ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा