गण्डकी वाङ्मय पुरस्कार समालोचक नारायणप्रसाद गौतमलाई « Khabarhub

गण्डकी वाङ्मय पुरस्कार समालोचक नारायणप्रसाद गौतमलाई


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमौली – गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँद्वारा स्थापित ‘गण्डकी वाङ्मय पुरस्कार २०७९’  वरिष्ठ साहित्यकार समालोचक नारायणप्रसाद गौतमलाई प्रदान गरिएको छ। विसं २०५४ मा स्थापना भएको यो संस्थामा स्थापित रु एक लाख अक्षयकोषबाट साहित्यकार गौतमलाई पुरस्कृत गरिएको हो। पुरस्कारको राशि रु १० हजार रहेको छ।

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा भएको कविता प्रतियोगितामा सहभागी कवितामध्ये उत्कृष्ट ६५ वटा कविता समावेश गरी स्मारिका प्रकाशित गरिएको छ। उक्त स्मारिकाको शुक्रबार साहित्यकार सरुभक्त श्रेष्ठले विमोचन गरेका थिए।

सो अवसरमा भएको राष्ट्रिय कविता प्रतियोगितामा सिरहाका अविनाश भट्टराई प्रथम, सङ्खुवासभाका सिजन श्रेष्ठ द्वितीय र झापाका केशव भट्टराई तृतीय भए। रौतहटका मनोज विश्वकर्मा, चितवनका सिर्जन अविरल, मोरङका पूजा आराधना, तनहुँका प्रकाश रम्घाली, गोरखाका भरतबाबु ढकाल र सिन्धुपाल्चोकका सुन्दर शिरिष सान्त्वना भएका छन्।

प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः रु ५५ हजार, रु ४० हजार र २५ हजार नगद प्रदान गरिनेछ। त्यस्तै सान्त्वना हुनेलाई जनही रु १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ। उक्त पुरस्कार आज प्रदान गरिने गण्डकी वाङ्मय प्रतिष्ठानकी सचिव अन्जु दाहालले जानकारी दिइन्। साहित्यकार रमेश पौडेलको संयोजकत्वमा रहेको निर्णायक समितिले उत्कृष्ट कविता घोषणा गरेको हो।

कविता प्रतियोगितामा देशभरबाट दुई सय ३७ कविता प्राप्त भएको थियो। दुई वर्ष अगाडि कार्यक्रम तय गरी कविता प्राप्त भएकामा सोही कवितालाई अहिले प्रतिस्पर्धामा सहभागी गराई घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए। उनले भने, “दुई वर्ष पहिला कार्यक्रम तय भई कविताहरु प्राप्त भएका थिए, त्यतिबेला कोभिडका कारण कार्यक्रम गर्न नसकेर स्थगित भयो, सोही कविता अहिले प्रतिस्पर्धामा सहभागी गराएर उत्कृष्ट घोषणा गरिएको हो।”

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ६ : ५४ बजे

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई