गण्डकी वाङ्मय पुरस्कार समालोचक नारायणप्रसाद गौतमलाई « Khabarhub

गण्डकी वाङ्मय पुरस्कार समालोचक नारायणप्रसाद गौतमलाई


२७ जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमौली – गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँद्वारा स्थापित ‘गण्डकी वाङ्मय पुरस्कार २०७९’  वरिष्ठ साहित्यकार समालोचक नारायणप्रसाद गौतमलाई प्रदान गरिएको छ। विसं २०५४ मा स्थापना भएको यो संस्थामा स्थापित रु एक लाख अक्षयकोषबाट साहित्यकार गौतमलाई पुरस्कृत गरिएको हो। पुरस्कारको राशि रु १० हजार रहेको छ।

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा भएको कविता प्रतियोगितामा सहभागी कवितामध्ये उत्कृष्ट ६५ वटा कविता समावेश गरी स्मारिका प्रकाशित गरिएको छ। उक्त स्मारिकाको शुक्रबार साहित्यकार सरुभक्त श्रेष्ठले विमोचन गरेका थिए।

सो अवसरमा भएको राष्ट्रिय कविता प्रतियोगितामा सिरहाका अविनाश भट्टराई प्रथम, सङ्खुवासभाका सिजन श्रेष्ठ द्वितीय र झापाका केशव भट्टराई तृतीय भए। रौतहटका मनोज विश्वकर्मा, चितवनका सिर्जन अविरल, मोरङका पूजा आराधना, तनहुँका प्रकाश रम्घाली, गोरखाका भरतबाबु ढकाल र सिन्धुपाल्चोकका सुन्दर शिरिष सान्त्वना भएका छन्।

प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः रु ५५ हजार, रु ४० हजार र २५ हजार नगद प्रदान गरिनेछ। त्यस्तै सान्त्वना हुनेलाई जनही रु १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ। उक्त पुरस्कार आज प्रदान गरिने गण्डकी वाङ्मय प्रतिष्ठानकी सचिव अन्जु दाहालले जानकारी दिइन्। साहित्यकार रमेश पौडेलको संयोजकत्वमा रहेको निर्णायक समितिले उत्कृष्ट कविता घोषणा गरेको हो।

कविता प्रतियोगितामा देशभरबाट दुई सय ३७ कविता प्राप्त भएको थियो। दुई वर्ष अगाडि कार्यक्रम तय गरी कविता प्राप्त भएकामा सोही कवितालाई अहिले प्रतिस्पर्धामा सहभागी गराई घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए। उनले भने, “दुई वर्ष पहिला कार्यक्रम तय भई कविताहरु प्राप्त भएका थिए, त्यतिबेला कोभिडका कारण कार्यक्रम गर्न नसकेर स्थगित भयो, सोही कविता अहिले प्रतिस्पर्धामा सहभागी गराएर उत्कृष्ट घोषणा गरिएको हो।”

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ६ : ५४ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६