भारतीय मूलका थर्मन सिंगापुरमा राष्ट्रपति चुनाव लड्ने « Khabarhub

भारतीय मूलका थर्मन सिंगापुरमा राष्ट्रपति चुनाव लड्ने


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिंगापुर – सिंगापुरका भारतीय मूलका वरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नमले बिहीबार यस वर्ष हुन लागेको राष्ट्रपति चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

थर्मनले २२ वर्षपछि सक्रिय राजनीतिबाट सन्यास लिने निर्णय गरेको पनि जनाएका छन्। राष्ट्रपति निर्वाचनको तयारीका लागि सत्तारुढ पिपुल्स एक्सन पार्टी (पीएपी) बाट पनि राजीनामा दिन चाहेकोसमेत खुलाएका छन्।

उनले सक्रिय राजनीतिबाट पछि हट्ने र सरकारमा रहेका आफ्ना सबै पद त्यागेर राष्ट्रपतिको चुनाव लड्ने जानकारी प्रधानमन्त्री ली सिएन लुङलाई गर्राइसकेकका छन्।

सिङ्गापुरमा सेप्टेम्बर १३ सम्ममा राष्ट्रपतिको निर्वाचन हुँदैछ। ६६ वर्षीय थर्मन पहिलो पटक सन् २००१ मा जुरोङ समूह प्रतिनिधि निर्वाचन क्षेत्र (जुरोङ जीआरसी) बाट संसद सदस्यमा निर्वाचित भएका थिए। थर्मनले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो निर्णयबारे जानकारी गराएका हुन्।

च्यानल न्यूज एशियाका अनुसार थर्मनले सिंगापुरको मौद्रिक प्राधिकरण (एमएएस) को अध्यक्ष, जीआईसीको उपाध्यक्ष, आर्थिक विकास बोर्डको अन्तर्राष्ट्रिय सल्लाहकार परिषद्को अध्यक्ष र अन्य जिम्मेवारीहरू त्याग्ने जानकारी गराइसकेका छन्।

उनले आफ्नो पत्रमा भनेका छन्, ‘यो कठिन निर्णय भएको छ, मैले मेरो परिवारसँग परामर्श गरेको छु र आगामी वर्षहरूमा कसरी देशको सेवा गर्न सकिन्छ भन्ने गम्भीरतापूर्वक सोचेको छु।
प्रधानमन्त्री लीले आफ्नो निर्णय बुझेको समेत उनले बताए। आफ्नो जिम्मेवारी पूर्ण निष्ठाका साथ निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ।

लामो समयदेखि उपप्रधानमन्त्री, अर्थमन्त्री र शिक्षामन्त्रीको रूपमा सेवा गरिसकेका थर्मन सन् २०१९ को मेदेखि वरिष्ठ मन्त्री छन्। उनी सामाजिक नीति संयोजक मन्त्री हुनुका साथै आर्थिक नीतिका बारेमा प्रधानमन्त्रीलाई सल्लाह दिनेसमेत गर्छन्।

विश्वव्यापी मञ्चमा, थर्मन ग्लोबल फाइनान्सियल गभर्नेन्समा प्रख्यात व्यक्ति समूहका अध्यक्ष हुन्। उनी अन्तर्राष्ट्रिय मुद्रा तथा वित्तीय समितिको पहिलो एसियाली अध्यक्ष पनि हुन्।

राष्ट्रपति हलिमाह याकुबले मे २९ मा आफूले दोस्रो कार्यकाल राष्ट्रपतिको रूपमा नखोज्ने घोषणा गरेकी थिइन्। याकुब (६८) देशको आठौं राष्ट्रपति र पहिलो महिला राष्ट्रपति हुन्। उनको ६ वर्षे कार्यकाल यही वर्ष सेप्टेम्बर १३ मा सकिँदैछ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ७ : ०६ बजे

एमाले उपाध्यक्ष विष्णु पौडेलको रिट न्यायाधीशद्वय ढुङ्गाना र पोखरेलको इजलासमा

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदन

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय