बाजुराको साँफे–मार्तडी सडक सञ्चालन « Khabarhub

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको छ ।
    
गत शनिबारदेखिको अविरल वर्षापछि उक्त खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध रहेकोमा केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । स्थानीय बडीमालिका नगरपालिका वडा नं ६, ८ र ९ का विभिन्न स्थानमा पहिरो गएसँगै उक्त सडक पूर्ण रुपमा यातायात ठप्प भएको थियो । 

आइतबारदेखि सडक विभागका दुईवटा जेसिबी प्रयोग गरी पहिरो पन्छाएर आजदेखि सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार सदरमुकाम नजिकै कारागार मोड, सेलागाड, सुवाकाँध, राप्का, बिरेखोलालगायतका स्थानमा पहिरो खसेको र लगातारको वर्षाले हटाउन समस्या हुँदा सडक सुचारु गर्न केही ढिलाइ भएको हो । 

सडक सञ्चालनमा आएसँगै सदरमुकाम मार्तडीबाट आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । कारागार मोड नजिकै सडकमा ठूलो ढुङ्गा खसेका कारण त्यो पन्छाउन नसक्दा बस र ट्रकलगायतका ठूला सवारीसाधन भने चल्न सकेका छैनन् ।

 जिल्ला प्रहरी कार्यालयकाअनुसार सो ठाउँमा मेसिन लगाएर अहिले मर्मत कार्य भइरहेको छ । 
  

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  १२ : ३३ बजे

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी