‘स्पाइडर म्यान’ टमले अभिनयबाट ब्रेक लिने « Khabarhub

‘स्पाइडर म्यान’ टमले अभिनयबाट ब्रेक लिने


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस – विश्वभर ‘स्पाइडर म्यान’ भनेर चिनिने टम हल्याण्डले अभिनयबाट ब्रेक लिने निर्णय गरेका छन्।

‘द क्राउडेड रुम’ शृंखलामा काम गरेपछि उनले एक अन्तर्वार्तामा आफू अहिले निकै थाकेको र एक वर्षको ब्रेक लिन चाहेको बताएका हुन्।

टम आजकल वेब सिरिज ‘द क्राउडेड रुम’ मा व्यस्त छन्। टमले यो सिरिजका लागि आफूले निकै मेहनत गरेको पनि सुनाए। द क्राउडेड रुम एप्पल टिभीमा जुन ९, २०२३ (शुक्रबार) मा रिलिज भएको छ।

‘द क्राउडेड रुम’का निर्माताले एक अन्तर्वार्तामा भने, ‘उनीमाथि दबाब बढ्यो। हल्याण्डले शृङ्खलामा ड्यानी सुलिभानको भूमिका खेल्छन्। यो मानसिक रोगबाट पीडित भएर पनि सफल जीवन जिउन संघर्ष गरिरहेका मानिसहरूको सत्य र प्रेरणादायी कथाहरूमा आधारित छ।

चर्चित लेखक तथा हास्य कलाकार डोमिनिक हल्याण्डका छोरा टम पहिलो पटक मल्टिस्टारर फिल्ममा देखा परेका थिए। २०१९ मा टमलाई मुख्य भूमिकामा फिल्म ‘स्पाइडरम्याना: फार फ्रम होम’ मा प्रस्तुत गरिएको थियो। सन् २०१६ बाट उनको हलिउड यात्रा सुरु भएको थियो।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ७ : ३४ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको