गर्मी बढेसँगै कारागारका कैदीबन्दीमा छालाको समस्या | Khabarhub Khabarhub

गर्मी बढेसँगै कारागारका कैदीबन्दीमा छालाको समस्या


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्ला कारागारमा छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ। गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो।

कार्यालयका सिनियर हेल्थ असिस्टेन्ट लेखनाथ पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये तीन सय जनामा छालाको रोगको समस्या देखिएको हो। बसाईं साँघुरो हुँदा पसिनाका कारण दाद, पिलोलगायतका समस्या देखिएको उनले बताए।

विगत १५ दिनदेखि यो समस्या बढ्दै गएको उनले जानकारी दिए। उनले भने, “यो समस्या अझै फैलनसक्ने देखिन्छ।” गर्मी बढेसँगै छाला र झाडापखालाको समस्यासमेत देखिएको उनले बताए।

अहिले २५ जनामा झाडापखालाको समस्या देखिएको छ। यसलाई रोकथामका लागि कारागार प्रशासनले आन्तरिक व्यवस्थापनको काम गरिरहेको उनको भनाइ छ। कारागारमा सात सय ४० कैदीबन्दी रहेका छन्। दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा छ सय ९३ र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४७ जना कैदीबन्दी छन्। तीसँगै आश्रित बालबालिका चार जना रहेको कार्यालयका प्रमुख कमलप्रसाद आचार्यले बताए।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  १२ : ०४ बजे

विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तरराष्ट्रिय विमास्थनलबाट सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्

लद्दाखमा नेपालकै शैलीको आन्दोलन : एकैदिन ४ जनाको मृत्यु, ७२ घाइते, भाजपा कार्यालय जलाइयो

लेह- केन्द्रशासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित बुधबार

कुलमानलाई प्रश्न– हितेन्द्र हटाउने निर्णय जेन–जी आन्दोलनको म्यान्डेट हो ?

काठमाडौं– भदौ २३ र २४ गते जेन–जी पुस्ताका नेपाली युवाले

काठमाडौं महानगरले राख्यो विभिन्न चोकमा ‘हाइ-मास्ट’ लाइट (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले उपत्यकाको विभिन्न चोकमा ६२ वटा ‘हाई-मास्ट’ लाइट

सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता, खोजी जारी

सिन्धुपाल्चोक– जिल्लाको बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज