वीरगञ्जमा साढे चार लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिँदै « Khabarhub

वीरगञ्जमा साढे चार लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिँदै


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र नेपाल खानेपानी संस्थानले ठूलो क्षमताको पानी ट्यांकी निर्माण गर्न लागेको छ । बढ्दो गर्मीका कारण चापाकललगायतका खानेपानीका मुहानमा पानी आउन छाडेपछि खानेपानी संस्थानले साढे चार लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गर्न लागेको हो । 

महानगरपालिकाको वडा नं १६ स्थित नगवामा निर्माण हुन लागेको खानेपानी पानी ट्यांकीको आज जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादव र नगरप्रमुख राजेशमान सिंहले संयुक्तरुपमा शिलान्यास गरे। सो पानी ट्यांकीले वडा नम्बर १५ र १६ का लगभग ४५ हजार घरधुरी लाभान्वित हुने नेपाल खानेपानी संस्थानका प्रमुख निरन महर्जनले जानकारी दिए । 

निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका जसपाका प्रमुख सचेतक यादवले पानी ट्यांकी निर्माणले वडावासीले भोगिरहेको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरे । पछिल्लो समय जलवायु परिवर्तन र बढ्दै गएको तापक्रमका कारण जमिनमुनिको पानीको सतह घट्दै जाँदा चापाकलमासमेत पानी आउन छाडेपछि वर्तमान मागलाई सम्बोधन गर्न पानीट्यांकी निर्माणको काम सुरु गरिएको उनले बताए।

जलवायु परिवर्तन र विभिन्न कारणले जमिनमुनि रहेको पानीको सतह तल झर्दै गइरहेको उल्लेख गर्दै उनले रुख रोप्ने र घरघरमै ‘वाटर रिचार्ज’को उपाय अपनाउनुपर्नेमा जोड दिए । नगरप्रमुख सिंहले तराई-मधेसका क्षेत्रमा देखिएको पानीको समस्या गम्भीर भएको बताए । 

उनले महानगरभित्र देखिएको खानेपानीको समस्या समाधानका लागि नेपाल खानेपानी संस्थानसँग मिलेर महानगरका विभिन्न वडामा चार हजार धारा निशुल्करूपमा जडान गर्न लागिएको जानकारी दिए । महानगरपालिकाले नेपाल खानेपानी संस्थानसँग समन्वय गरेर चार हजार घरधुरीमा निःशुल्क धारा जडान गरिने नगरप्रमुख सिंहको भनाइ थियो । 

संघीय सरकारको सहयोगमा नेपाल खानेपानी संस्थानले वीरगञ्ज जलापूर्ति परियोजनाअन्तर्गत कूल लागत रु ५३ करोड ३२ लाख २४ हजार दुई सय २० को लागतमा सो पानीट्यांकी निर्माण गर्न लागिएको खानेपानी संस्थानका प्रमुख महर्जनले बताए। परियोजना दुई वर्षमा सम्पन्न हुने लक्ष्य लिइएको छ ।

दुई सातादेखि बढ्दो गर्मीका कारण सतहको पानी तल झर्दै गएर चापाकलमा पानी आउन छाडेपछि पर्साको ग्रामीण क्षेत्रमा खानेपानीको हाहाकार हुँदै गएको छ । पर्साको वीरगञ्ज महानगरपालिकाका ग्रामीण क्षेत्रसहित दुई दर्जन गाउँमा खानेपनीको संकट बढ्दै गएको स्थानीयले बताएका छन् । 

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  १२ : ४८ बजे

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा