समपूरक अनुदानमार्फत झापासहित कोशीका सात सडकको स्तरोन्नति « Khabarhub

समपूरक अनुदानमार्फत झापासहित कोशीका सात सडकको स्तरोन्नति


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुरुंगा– झापाको सुरुंगादेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटर सडकको स्तरोन्नतिका लागि १९ करोड बजेट विनियोजन गरिएको छ । समपूरक अनुदानतर्फ कोशी प्रदेश सरकारमार्फत निर्माण गरिने सडकका लागि नेपाल सरकार राष्ट्रिय योजना आयोगले सडकको स्तरोन्नतिका लागि सो रकम विनियोजन गरेको हो । 

क्रमागत योजनामा राखेर आर्थिक वर्ष २०८०-८१ मा सो सडकलाई स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ । सडक दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नालासहित ५० फिट चौडाइ रहने सडकको स्तरोन्नतिका लागि यसअघि तत्कालीन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए। दुई चरणमा निर्माण गरिने सडकको अहिले स्तरोन्नति कार्य जारी छ ।  

पहिलो खण्ड झन्डै आठ किलोमिटरको सडकको स्तरोन्नति भएको छ । सो सडकको स्तरोन्नति कनकाई आशिष जेभी र दोस्रो खण्ड १८ किलोमिटर सडकको स्तरोन्नतिका लागि  तुँदी-रोशन-मैनाचुली जेभीले तीन वर्षभित्रमा काम सक्ने गरी सम्झौता गरेको थियो । 

झापाको पुरानो सदरमुकाम झापा बजार जोड्ने अमरपथ सडकखण्ड निर्माण सम्पन्न भएसँगै कुमरखोद नाका हुँदै भारतीय बजार दिघल बैंकसम्मको आवागमन सहज हुने विश्वास गरिएको छ । यता प्रदेश सरकारअन्तर्गत भद्रपुर-ज्यामिरगढी, धुलाबारी, गुर्जाबस्ती, मागुरमाडी, शान्तिनगर–इरौटार सडकको स्तरोन्नति गरिने भएको छ । सडक स्तरोन्नतिका लागि ४० करोड बजेट विनियोजन गरिएको छ । 

कोशी प्रदेशअन्तर्गत निर्माण सम्पन्न हुने सात आयोजनामध्ये दुई आयोजना झापाका हुन् । अन्य पाँच आयोजना धनकुटा र भोजपुरमा दुई-दुई रहेका छन् भने इलाममा एउटा आयोजना रहेको छ । भोजपुरमा सञ्चालन हुने आयोजनामध्ये मैनामैनी–हसनपुर–चुहार सडकको स्तरोन्नतिका लागि रु १२ करोड र तुर्केपुल–झ्याउपोखरी–साङपाङ हुँदै फालिदोबाटो सडकको स्तरोन्नतिका लागि रु १५ करोड बजेट विनियोजन गरिएको छ । 

धनकुटामा सञ्चालन हुने आयोजनामा हिले–उत्तरपानी–छिन्ताङ–अदुवा–त्रिवेणी सडकको स्तरोन्नतिका लागि १२ करोड र बिहीबारे-हटिया-कर्मिटार-बञ्चरे–ताङ्वुवा–तेलिया–परेवादिन–शुत्रलबारे सडकको स्तरोन्नतिका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको हो । 

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  १ : ५६ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष