२० प्रतिशतसम्म घर भाडामा छुट दिन व्यवसायीको माग | Khabarhub Khabarhub

२० प्रतिशतसम्म घर भाडामा छुट दिन व्यवसायीको माग


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनका व्यवसायीले २० प्रतिशतसम्म घर भाडामा छुट दिन माग गरेका छन् । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले आर्थिक मन्दीबाट व्यवसाय धराशायी अवस्थामा पुगेको भन्दै हाल तिर्दै आएको घर भाडादरमा २० प्रतिशत छुट दिन अनुरोध गरेको हो ।

मञ्चले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक मन्दीको असर रहुन्जेल तथा व्यवसाय पूर्ववत् अवस्थामा चलायमान हुन नसक्दासम्म घरभाडा घटाउन माग गरेको हो ।

मञ्चका अध्यक्ष ख्याम नारायण पराजुलीले राजमार्ग विस्तारका साथै विकास निर्माणका कामको असर प्रत्यक्ष रूपमा व्यवसायमा परेको भन्दै व्यवसाय पूर्ववत् सञ्चालन नहुँदासम्म भाडादरमा पूर्ण रुपमा छुट दिन घरधनीलाई अनुरोध गरे । उनले घरबहालसम्बन्धी कर घरधनी स्वयम् आफैँले तिर्नुपर्नेसमेत स्पष्ट पारे । 

अहिले व्यवसायीले आर्थिक मन्दीका कारण घरभाडा समयमा भुक्तानी गर्न नसक्दा घरधनीलाई समेत असर परेको अध्यक्ष पराजुलीको भनाइ थियो । ‘घरभाडाका कारण व्यवसाय बन्द हुँदै गएको अवस्थामा बेरोजगारी बढ्ने, घरधनीले प्राप्त गर्ने घरभाडा, राज्यले प्राप्त गर्ने व्यवसाय कर, बहाल करलगायत अन्य करसमेत घट्ने हुँदा यसलाई व्यवसायी, घरधनी र राज्य पक्षले सहजीकरण गरी विकल्प खोज्नुपर्दछ’, उनले भने ।

चितवनका मुख्य सहर र सडक आसपास क्षेत्रमा ८० देखि ९० प्रतिशतले भवन, सटर, कोठा भाडा लिई व्यवसाय सञ्चालन गर्दै आएका छन् । व्यवसायमा देखिएको ह्रास, चर्को घरभाडा र बैंकको ब्याजका कारण दैनिक खर्च चलाउन समेत समस्या हुन थालेपछि व्यवसायीहरू पलायन हुँदै अध्यक्ष पराजुलीले बताए। उनले बैंक तथा वित्तीय संस्थाद्वारा प्रदान गरिएको कर्जाको ब्याजलाई एक अंकमा सीमित राख्न नेपाल राष्ट्र बैंकलाई अनुरोध समेत गरे ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  २ : ०६ बजे

‘नो केबलकार अभियन्ता’ले रुख ढालेर सडक छेके, सुत्केरी व्यथाले च्यापेकी महिला एम्बुलेन्समा चिच्याइरहिन्

काठमाडौं- पाथीभरमा केबलकार निर्माणविरुद्ध आन्दोलितहरूले सोमबार राति रुख ढालेर मेची

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

सुर्खेत– कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल

स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते

काठमाडौं– स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्

बागमती प्रदेशसभाका सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

हेटौँडा– बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आजका लागि सर्वदलीय बैठक