बजेट निमार्णको तयारीमा कञ्चनपुरका स्थानीय तह | Khabarhub Khabarhub

बजेट निमार्णको तयारीमा कञ्चनपुरका स्थानीय तह


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् । यहाँका सात नगरपालिका र दुई गाउँपालिका आगामी वर्षको बजेटको तयारीका लागि बस्ती र टोल भेलाबाट योजना छनोट गर्न जुटेका हुन् । 

‘वडाका जनप्रतिनिधि अहिले आ–आफ्नो क्षेत्रका गाउँ तथा टोलमा पुगेर आगामी वर्षको योजना तथा कार्यक्रमका बारेमा छलफल गरी योजना बनाउन जुटेका छौँ’, कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले भने । असार १० गते बस्ने नगरसभाबाट बजेट ल्याउने गरी तयारी भइरहेको उनले जानकारी दिए । 

नगरप्रमुख ओझाले भने, ‘यस पटक हामीले स्थानीय स्रोतसाधनलाई उपयोग गरेर शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड दिएका छौँ ।’ उनले नगरपालिकाले यस पटक रोजगार केन्द्र स्थापना गर्ने बताए ।

भीमदत्त नगरपालिकाले पनि असार ७ गतेको नगरसभाबाट बजेट ल्याउने तयारी गरेको छ । भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले नगरपालिकाले सबै वडामा बस्ती भेला सकेर भेलाबाट आएका योजनाहरू वडा समितिमार्फत नगरसभामा पठाउने काम भइरहेको बताए। ‘अहिले बस्ती भेलाबाट आएका योजना प्राथमिकताका आधारमा सभामा पठाउने काम भइरहेको छ’, उनले भने, ‘बस्ती भेलाबाट आएका मागलाई प्राथमिकताका आधारमा आगामी वर्षको बजेटमा समावेश गरिन्छ ।’  

दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले असार १० गतेभित्र आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेको बताए । उनले अहिले सबै वडामा टोल भेलाबाट योजना छनोट भइरहेको बताए। ‘बस्ती भेलाबाट आएका मागलाई प्राथमिकीकरण गरेर आगामी वर्षको बजेट ल्याउने तयारीमा छौँ’, उनले भने, ‘विगतको तुलनामा यस पटकको बजेट फरक हुन्छ ।’

बस्ती भेलामा सहभागीहरूले जनप्रतिनिधिसँग विभिन्न गुनासा राख्ने गरेका छन् । सामान्यता स्थानीयले सीपमूलक तालिम, सडक निर्माण, ढल निकास, विद्युत्का समस्यालगायत विषय उठाउने गरेको जनप्रतिनिधि बताउँछन् । 

स्थानीय सरकार गठनपछि विभिन्न चरणमा योजना छनोट हुने गरेको छ । वैशाखभित्र संघ तथा प्रदेशबाट वित्तीय हस्तान्तरणको खाका, बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी मार्गदर्शन प्राप्त गर्ने र दोस्रो चरणमा वैशाख मसान्तभित्र स्रोत अनुमान र कूल बजेटको सीमा निर्धारण गर्ने गरिन्छ । 

त्यस्तै, जेठभित्र बस्ती तथा टोल स्तरबाट योजना छनोट गरिसक्ने र असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ३ : २३ बजे

प्रभु बैंकका ग्राहकले बागलुङका दुई होटलमा विशेष छुट पाउने

काठमाडौं– प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई बागलुङमा रहेको न्यु होटल

सन्दीपलाई भिसा नदिएर अमेरिकाले नेपालमाथि अपमान  गर्‍याे : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई

मनिष झाको तर्क- पुराना दलले देशको अवस्था बिग्रिनुमा रास्वपालाई दोष दिएर पन्छिन खोजे 

काठमाडौं– सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष

डेङ्गीबाट बच्न सचेत रहन कामपाको आग्रह 

काठमाडौं– गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाले

गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए प्रधानमन्त्रीसँग हिसाब–किताब : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले उपप्रधानमन्त्री तथा