फ्रान्समा छुरा प्रहार गर्ने संदिग्धमाथि ’हत्याको प्रयास’ को अभियोग दर्ता | Khabarhub Khabarhub

फ्रान्समा छुरा प्रहार गर्ने संदिग्धमाथि ’हत्याको प्रयास’ को अभियोग दर्ता


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पेरिस- फ्रान्सको अल्पाइन शहर एनेसीमा चार बालबालिकासहित छ जनालाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका सिरियाली शरणार्थीमाथि ‘हत्याको प्रयास’ को अभियोग लगाइएको अभियोजकले बताएका छन् ।

सरकारी अभियोजक लाइन बोनट–म्याथिसले एक पत्रकार सम्मेलनमा भने, “अब्दलमासिह एचले ४८ घण्टा प्रहरी हिरासतमा रहँदा र अनुसन्धानको नेतृत्व गरिरहेका म्याजिस्ट्रेटसमक्ष बोल्न अस्वीकार गरेका थिए ।”

उनले भने,“दुई मनोवैज्ञानिक परीक्षण पछि चिकित्सकहरूले अब्दलमासिह एचले ‘पुलिस हिरासतमा दिएको वयानसँग मिल्दोजुल्दो रिपोर्ट अर्थात् आक्रमणकारी झुक्किएर आक्रमण नगरेको निष्कर्ष निकालेका छन् ।”

यद्यपि, यो चरणमा अन्य मनोवैज्ञानिक विकृतिहरूको निदान वा अस्वीकार गर्न धेरै चाँडो हुने उनले बताए ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ६ : ४७ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले