मालिकाका चार सय घरधुरीमा विद्युतीकरण | Khabarhub Khabarhub

मालिकाका चार सय घरधुरीमा विद्युतीकरण


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको दुई वटा वडाका चार सयभन्दा बढी घरधुरीमा विद्युतीकरण भएको छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिकाको वडा नम्बर २ र ३ मा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको हो । 

नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले संरचना निर्माण, ट्रान्सफर्मर चार्ज गरेर शनिबारदेखि विद्युत् आपूर्ति गराइएको जानकारी दिएको छ । केन्द्रका प्रमुख प्रशान्तकुमार झाले रुम ठूलोगाउँ, बिलबाङ, पन्थोक, गाल्दा टोलका तीन सय घरधुरीमा विजुली बलेको जानकारी दिए। यसैगरी मालिकाको वडा नं–३ मा पर्ने औला, स्याउलुङ, टिकरवाङ, डाडागाउँका एक सय १५ घरधुरीमा पनि विद्युत् विस्तार गरिएको उनको भनाइ छ । 

‘दुई वटा वडामा विद्युतीकरणका लागि न्यू ढुङ्गाना निर्माण सेवा बेनीले रु एक करोड ६१ लाख १३ हजारमा ठेक्का लिएको थियो’, उनले भने, ‘नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमको एक करोड २६ लाख ६४ हजार र विद्युत् प्राधिकरणको रु २४ लाख ५० हजार बजेट लगानी भएको छ ।’

ठेक्कामार्फत मुख्य, शाखा प्रसारण लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटरबक्स जडान र वायरिङको काम उपभोक्ता आफैँले गरेका हुन् । मालिका–२ का वडाध्यक्ष उदयबहादुर बुढाथोकीले केन्द्रीय लाइनको बिजुली बलेपछि स्थानीयमा खुसियाली छाएको बताए। 

‘लघु जलविद्युत् परियोजनाबाट विद्युत् आपूर्ति हुँदै आएको थियो’, उनले भने, ‘केन्द्रीय लाइनको बिजुली भएपछि उद्यम, व्यवसाय सञ्चालन गर्न पनि सहयोग पुग्नेछ ।’ शनिबार बिजुली बलेको खुसियालीमा रुमवासीले नाच गान गरेर खुसियाली मनाएका छन् । मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा भएपछि स्थानीयलाई घरायसी काम काज गर्न, विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहज भएको बताए। 

बेली, जेमलगायत छुटेका बस्तीमा पनि केन्द्रीय लाइनको विद्युत् विस्तार गर्न पहल गरिएको जनप्रतिनिधिहरूले बताएका छन् । लघु जलविद्युत् परियोजनाको विद्युत् नियमित नहुँदा सौर्य ऊर्जा र टुकीमा निर्भर हुनुपरेको थियो । 

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाज, बाँसखर्कसहित करिब २२ हजार घरधुरीमा केन्द्रीय लाइनको विद्युत् विस्तार भएको छ । 

केन्द्रका प्राविधिक प्रमुख शिवराज पौडेलले मालिका गाउँपालिका–५ मगरङको चार सय १० घरधुरीमा एक वर्षयता केन्द्रीय लाइनको विद्युत् पुगेको बताउनुभयो । चालु आर्थिक वर्षमा रघुगङ्गाको पात्लेखर्क, धवलागिरिको मराङ, अन्नपूर्णको दोवामा छुटेका बस्तीमा लाइन विस्तार र विद्युत् आपूर्ति सुधार गर्न नयाँ ट्रान्सफर्मर राख्ने योजना छ । 

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ७ : २८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०