आर्मी र एपिएफको लगातार दोस्रो जित « Khabarhub

आर्मी र एपिएफको लगातार दोस्रो जित


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग, २०८० मा लगातार दोस्रो जित दर्ता गराएका छन्।

आर्मीले आज दावाँली मिलन क्लबलाई २-१९, २५-११, २५-२० अङ्कले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको हो। यसअघि भएको पहिलो खेलमा आर्मीले सैलुङ बाघढुङ्गालाई पराजित गरेको थियो।

आजै भएको अर्को खेलमा एपिएफले गण्डकी प्रदेश भलिबल क्लबलाई ३-१ ले पराजित गर्दै विजयी भएको हो। पहिलो सेट २१-२५ ले गुमाएको एपिएफ खेलमा फर्कंदै लगातार बाँकी तीन सेट २५-२१, २५-२३, २५-१७ ले जित्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भयो।

प्रतियोगिताको दाबेदार टिम टिपटप हेल्प नेपालले पनि आज आफ्नो पहिलो खेलमा सैलुङ बाघढुङ्गा स्पोर्ट्स कलब, रामेछापलाई ३-० ले पराजित गर्दै महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भयो।

तीन पाकिस्तानी खेलाडीसहित कोर्टमा उत्रेको हेल्प नेपालले सैलुङलाई २५-१२, २५-१५, २५-१९ ले पराजित गरेको हो।

नेपाल भलिबल सङ्घको आयोजनामा भएको लिगको महिलातर्फको खेलमा एपिएफले आर्मीलाई ३-२ को सेटमा पराजित गर्यो। खेलमा पहिलो र दोस्रो सेट ३०-२८, २५-२३ ले जितेको एपिएफले तेस्रो र चौथो सेट गुमाउन पुग्यो।

आर्मीले तेस्रो सेट २०-२५ र चौथो सेट १९-२५ ले जित्यो। निर्णायक तथा पाँचौँ सेट आर्मीले खेलको लयलाई गुमाउन पुग्दा एपिएफले १५-६ ले जित हात पार्दै विजयी भयो।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उक्त प्रतियोगिताको महिलातर्फकै अर्को खेलमा होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले गण्डकी प्रदेश भलिबल क्लबलाई ३-० सेटले पराजित गर्यो। डायमण्डले गण्डकीलाई २५-१७, २५-१६, २५-१५ ले पराजित गरेको छ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ६ : ०३ बजे

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा