आर्मी र एपिएफको लगातार दोस्रो जित « Khabarhub

आर्मी र एपिएफको लगातार दोस्रो जित


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग, २०८० मा लगातार दोस्रो जित दर्ता गराएका छन्।

आर्मीले आज दावाँली मिलन क्लबलाई २-१९, २५-११, २५-२० अङ्कले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको हो। यसअघि भएको पहिलो खेलमा आर्मीले सैलुङ बाघढुङ्गालाई पराजित गरेको थियो।

आजै भएको अर्को खेलमा एपिएफले गण्डकी प्रदेश भलिबल क्लबलाई ३-१ ले पराजित गर्दै विजयी भएको हो। पहिलो सेट २१-२५ ले गुमाएको एपिएफ खेलमा फर्कंदै लगातार बाँकी तीन सेट २५-२१, २५-२३, २५-१७ ले जित्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भयो।

प्रतियोगिताको दाबेदार टिम टिपटप हेल्प नेपालले पनि आज आफ्नो पहिलो खेलमा सैलुङ बाघढुङ्गा स्पोर्ट्स कलब, रामेछापलाई ३-० ले पराजित गर्दै महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भयो।

तीन पाकिस्तानी खेलाडीसहित कोर्टमा उत्रेको हेल्प नेपालले सैलुङलाई २५-१२, २५-१५, २५-१९ ले पराजित गरेको हो।

नेपाल भलिबल सङ्घको आयोजनामा भएको लिगको महिलातर्फको खेलमा एपिएफले आर्मीलाई ३-२ को सेटमा पराजित गर्यो। खेलमा पहिलो र दोस्रो सेट ३०-२८, २५-२३ ले जितेको एपिएफले तेस्रो र चौथो सेट गुमाउन पुग्यो।

आर्मीले तेस्रो सेट २०-२५ र चौथो सेट १९-२५ ले जित्यो। निर्णायक तथा पाँचौँ सेट आर्मीले खेलको लयलाई गुमाउन पुग्दा एपिएफले १५-६ ले जित हात पार्दै विजयी भयो।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उक्त प्रतियोगिताको महिलातर्फकै अर्को खेलमा होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले गण्डकी प्रदेश भलिबल क्लबलाई ३-० सेटले पराजित गर्यो। डायमण्डले गण्डकीलाई २५-१७, २५-१६, २५-१५ ले पराजित गरेको छ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ६ : ०३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन